रुद्र शमशेर जङ्गबहादुर राणा
From Wikipedia, the free encyclopedia
फिल्ड मार्सल सुप्रदिप्त मान्यवर नेपाल तारा ओम राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुविख्यात त्रि शक्ति पट्ट श्री श्री श्री महाराजकुमार रुद्र शमशेर सि क्लासका राणा थिए । श्री ३ वीर शमशेरको विवाह श्री ५ माहिला साहेब ज्यू की छोरी सँग भएको थियो। पछि वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोसित गरी नाउँ तोपकुमारी राखिदिए। उनीतिरबाट चक्र शमशेर, रुद्र शमशेर , तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए ।[3]
छरितो तथ्यहरू प्रधान सेनापतिरुद्र शमशेर जंगबहादुर राणा, फिल्ड मार्सल ...
प्रधान सेनापति रुद्र शमशेर जंगबहादुर राणा | |
---|---|
फिल्ड मार्सल | |
कार्यकाल वि.सं. २०१० असार २२ – २०१३ बैशाख २० बुधवार | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | राजा त्रिभुवन |
उतराधिकारी | राजा महेन्द्र |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. १९८९ भाद्र १७ – वि.सं. १९९० चैत ०१ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | जुद्ध शमशेर |
उतराधिकारी | पद्म शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | १९३४ फागुन ११ पाल्पा तानसेन |
मृत्यु | २०१९ माघ ३० मंगलवार[1] चारबुर्जा दरबार |
राष्ट्रियता | नेपाली |
सन्तान(हरू) | जुलिया राणा |
अभिभावकs |
|
पुरस्कार | नेपाल तारा प्रथम श्रेणी गोरखा दक्षिण बाहु प्रथम श्रेणी ओम राम पट्ट त्रिशक्ति पट्ट द्वितीय श्रेणी महाभूकम्प पदक (१९९० ) गद्दी आरोहण रजत महोत्सव पदक (१९९० ) राज्याविषेक पदक (२०१३)[2] |
बन्द गर्नुहोस्
वि.सं. १९९० चैत ०१ जुद्ध शमशेरले सि क्लास का राणाहरूलाई चार भन्ज्याङबाट कटाउने कटु निर्णय लिए। उनीहरूलाई रोलक्रमबाट पनि झिकियो। तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला लाघारिए।[4]