![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6b/Juddha_Shumsher_Jung_Bahadur_Rana_%2528cropped%2529.png/640px-Juddha_Shumsher_Jung_Bahadur_Rana_%2528cropped%2529.png&w=640&q=50)
जुद्ध शमशेर जङ्गबहादुर राणा
नेपालका सातौँ प्रधानमन्त्री / From Wikipedia, the free encyclopedia
जुद्धशमशेर जंगबहादुर राणा (१९३२ बैशाख ०७ - २००९ मंसिर ०८) नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मा भारतको देहरादुनमा भयो।
श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणा | |
---|---|
![]() | |
नेपालको १५औं प्रधानमन्त्री | |
कार्यकाल वि.सं. १९८९ भाद्र १७ – वि.सं. २००२ मंसिर ०४ | |
एकाधिपति | राजा त्रिभुवन |
पूर्वाधिकारी | भिम शमशेर |
उतराधिकारी | पद्म शमशेर |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७ | |
प्रधानमन्त्री | भिम शमशेर |
पूर्वाधिकारी | भिम शमशेर |
उतराधिकारी | रुद्र शमशेर |
व्यक्तिगत विवरण | |
जन्म | जुद्ध शमशेर बि.सं १९३२ बैशाख ७ |
मृत्यु | बि.सं २००९ मंसिर ८ भारतको देहरादुन |
अभिभावक | धीर शमशेर |
श्री ३ जुद्धशमशेर विषयलम्पट, अस्थिर मनस्थिति, हीनता मन, सिकारी, अर्थलम्पट, विवेकहीन, कमजोर तथा नालायक प्रशाशक भएर पनि उनका विविध सुधार, भूकम्प उद्धार, शिक्षा, स्वास्थ्य, समाजसुधार तथा उद्योगहरूको स्थापना गराई श्री ५ महाराजधिराजको गरिमालाई उच्च गराई राखेको हुनाले उनको नाउँ नेपालको इतिहासमा उल्लेखनीय रहेको कुरा निर्विवाद छ।[1]