रत्ननगर नगरपालिका
From Wikipedia, the free encyclopedia
रत्ननगर नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने चितवन जिल्लाको एक नगरपालिका हो। चितवन जिल्लाका तत्कालिन रत्ननगर र पञ्चकन्या गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर रत्ननगर नगरपालिका घोषणा गरिएको थियो। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा भनेर चिनिने यो नगरपालिकाभित्र नेपालको तेस्रो सबैभन्दा बढी पर्यटकहरूद्वारा भ्रमण गरिने सौराहा रहेको छ। वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पिठुवा र बछ्यौली गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १६ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ८९,९०५ रहेको छ भने यहाँ २२,४०३ घरधुरी रहेका छन्।[1]
छरितो तथ्यहरू रत्ननगर नगरपालिका, देश ...
रत्ननगर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३७′उ॰ ८४°३०′पू॰ | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन |
वडा सङ्ख्या | १६ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• प्रकार | नगर सभा |
• नगरप्रमुख | प्रलाद सापकोटा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | यादवप्रसाद पाठक (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ६८६ किमी२ (२६५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८९,९०५ |
• घनत्व | १३०/किमी२ (३४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | ratnanagarmun |
बन्द गर्नुहोस्