![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/2/24/2021_Nepal_census.jpg/640px-2021_Nepal_census.jpg&w=640&q=50)
नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८
From Wikipedia, the free encyclopedia
नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[3] वि.सं. २०७८ जेठ २५ देखि असार ८[4] सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।[5][6][7] जनगणनाका नतिजा अनुसार हाल नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो।[8] नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।
छरितो तथ्यहरू बाह्रौँ राष्ट्रिय जनगणना २०७८, सामान्य जानकारी ...
बाह्रौँ राष्ट्रिय जनगणना २०७८ | ||||
---|---|---|---|---|
| ||||
![]() | ||||
सामान्य जानकारी | ||||
देश | नेपाल | |||
प्राधिकरण | केन्द्रीय तथ्याङ्क विभाग | |||
वेबसाइट | censusnepal | |||
परिणाम | ||||
कुल जनसङ्ख्या | २,९९,३६,५७६[1] (![]() | |||
सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश | मधेश प्रदेश (६१,२६,२८८)[2] | |||
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश | कर्णाली प्रदेश (१६,९४,८८९)[1] |
बन्द गर्नुहोस्