रंगेली नगरपालिका
From Wikipedia, the free encyclopedia
रंगेली नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलमा पर्ने मोरङ जिल्लामा अवस्थित एक नगरपालिका हो।[3] साविकको रंगेली बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[4][5] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो। रंगेलीलाई नगरपालिका घोषणा गर्दा साविकको रंगेली, आम्गाछी र टकुवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो।[6] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन।[6]
छरितो तथ्यहरू रंगेली नगरपालिका, देश ...
रंगेली नगरपालिका | |
---|---|
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | कोशी |
जिल्ला | मोरङ |
सरकार | |
• मेयर | दिलीपकुमार अग्रवाल |
• उपमेयर | केशव कुमारी खराल |
क्षेत्रफल | |
• जम्मा | ४४.३ किमी२ (१७.१ वर्ग माइल) |
जनसङ्ख्या (२०६८)[2] | |
• जम्मा | ३१,६४७ |
• घनत्व | ७१०/किमी२ (१९००/वर्ग माइल) |
राष्ट्रिय जनगणना २०६८ | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२१ |
वेबसाइट | www.rangelimun.gov.np |
बन्द गर्नुहोस्