प्लाज्मा
From Wikipedia, the free encyclopedia
प्लाज्मा (प्राचीन ग्रीकबाट πλάσμα, 'आकार बदल्न सक्ने' अर्थमा [1]) चार मौलिक अवस्था मध्ये एक हो, र यसलाई पहिलो चोटि १९२० को दशकमा[2] रसायनशास्त्री इर्विङ्ग लांगमुइर[3] द्वारा वर्णन गरिएको थियो। यसमा आयनहरूको ग्यास, ओर्बिटल इलेक्ट्रोनहरू हराएका परमाणुहरू र स्वच्छन्द इलेक्ट्रोनहरू हुन्छन्। तटस्थ ग्यासलाई (१) तताएर वा (२) मजबूत इलेक्ट्रोम्याग्नेटिक क्षेत्रमा (आयनाइज्ड गैसियस पदार्थ विद्युतीय संवाहक बन्दै जाने बेला सम्म, अनि लामो दूरीको इलेक्ट्रोमॅग्नेटिक क्षेत्रहरूले पदार्थको व्यवहारमाथि प्रभुत्व जमाउँने बेलासम्म) राखेर, प्लाज्मालाई कृत्रिम तवरले बनाउन सकिन्छ।[4]