शास्त्रीय भौतिकी र सामान्य रसायनशास्त्रमा, पदार्थ कुनै यस्तो चिज हो जसको पिण्ड/द्रव्यमान हुन्छ र जसले आयतन द्वारा ठाउँ ओगट्‍‍‍‍छ । [1] सबै दैनिक वस्तुहरू जसलाई छोइन्छ अन्ततः परमाणुहरू मिलेर बनेका हुन्छन्, जुन अन्तर्क्रिया गरिरहेका उप-आणविक कणहरू मिलेर बनेका हुन्छन्। दैनिक रूपमा हेस् वा वैज्ञानिक प्रयोगमा, सामान्यतया 'पदार्थ' यी चिजहरूले बनेका हुन्छन्: परमाणुहरु र तिनीहरू जे ले बनेका छन् र अरु कुनै कणहरू (वा कणहरूको संयोजन), जसको दुबै पिण्ड र आयतन छ। यद्यपि यसले पिण्ड नभएका कणहरू जस्तै फोटोनहरू, वा अन्य उर्जाका घटनाहरू वा प्रकाश वा ध्वनि जस्ता तरङ्गहरूलाई समावेश गर्दैन। [1][2] पदार्थहरु विभिन्‍न रूपहरु(अवस्ताहरू)मा अवस्थित छन्। यसमा शास्त्रीय दैनिक अवस्ताहरू जस्तै ठोस, तरल, र ग्यास समावेश छन् – उदाहरणको लागि पानी बरफ, तरल पानी, र ग्यसियस् स्टीमको रूपमा अवस्थित छ – तर अन्य अवस्ताहरू पनि सम्भव छन्, यसमा सम्मिलित प्लाज्मा, बोस–आइन्स्टेन कंडेन्सेटस् , फर्मियोनिक कन्डेन्सेटहरू, र क्वार्क - ग्लून प्लाज्मा छन्। [3]

पदार्थ भन्नाले समस्त वस्तुहरूले जसले ब्रह्माण्ड बनेको छ,त्यसलाई बुझाउछ। पदार्थका निम्न गुणहरू हुन्छन।

प्रकार

पदार्थ दूई प्रकारका हुन्छन।

पदार्थको तीन मौलिक अवस्था

पदार्धको मुख्य तीन स्थिति हुन्छन् । यी वाहेक, प्लाज्मा जस्ता अन्य विशेष अवस्था पनि भेटिएका छन् ।

श्रोतहरु

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.