From Wikipedia, the free encyclopedia
विद्युदणु या इलेक्ट्रोन ऋणात्मक वैद्युत आवेश युक्त मौलिक उपपरमाणविक कण हो । जो परमाणुको नाभिक चारैतिर चक्कर लगाउँछ । जसको दर्व्यमान प्रोटोनको भन्दा १/१८३६ गुना हुन्छ । परम्परागत रूपदेखि यसका आवेशलाई ऋणात्मक मानिन्छ र यसमामान -१ परमाणु इकाई (e) निर्धारित गरिएको हो। अर्का परमाणुहरूका एलेक्ट्रोनहरूदेखि यिनको अन्तःक्रिया रासायनिक बंधनको मुख्य कारण हुन्छ। यसमा१.६E-१९ कूलाम्ब परिमाणको ऋण आवेश हुन्छ। यसको द्रव्यमान ९.११E−३१ किग्रा हुन्छ जो प्रोटोनका द्रव्यमानको लगभग १८३७ औँ भाग हो। कुनै उदासीन परमाणुमा विद्युदणुहरूको संख्या र प्रोटानहरूको संख्या समान हुन्छ।यिनको आन्तरिक संरचना ज्ञात छैन यसै कारण यसलाई प्राय:मूलभूत कण मानिन्छ। यिनको आन्तरिक कोणिय संवेग अर्थात स्पिन १/२ हुन्छ, अतः यो फर्मीअन हुन्छ। विद्युदणु का प्रतिकण पोजीट्रोन कहलाउँछ। द्रव्यमानका अतिरिक्त पोजीट्रोनका सबै गुण यथा आवेश, स्पिन इत्यादि विद्युदणुका बिलकुल विपरीत हुन्छन्। जब विद्युदणु र पोजीट्रोनको टक्कर हुन्छ तब दुबै पूर्णतः नष्ट हुन जान्छन् एवं दुईगामा किरण (फोटोन) उत्पन्न हुन्छ।
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
विद्युदणु, लेप्टोन परिवारका प्रथम पीढीको सदस्य हो, जो कि गुरूत्वाकर्षण,विद्युत चुम्बकत्व एवं दुर्बल प्रभाव सबैमा भूमिका निभाउँदछ। विद्युदणु कण एवं तरङ्ग दुबै प्रकारका व्यवहार प्रदर्शीत गर्दछ। बिटा-क्षयका रूपमा यो तरङ्ग जस्तो व्यवहार गर्दछ,जबकि यसको संवेग जस्तो गुण यसको कणको प्रकृति दर्शाउँदछ। चूंकि यसको सांख्यिकीय व्यवहार फर्मिअन हुन्छ र यो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्दछ अतः सबै विद्युदणुओको क्वांटम अवस्था भिन्न हुन्छ।
आइरिस भौतिकविद जर्ज जनस्टोन स्टोनी ( George Johnstone Stoney )ले १८९४ मा electron नामको सुझाव दिईएको थियो, पछि यसलाई नेपालीमा विद्युदणु भन्न थालियो । विद्युदणुको कणका रूपमा पहचान १८९७मा जे जे थमसन ( J J Thomson ) र तिनको ब्रिटीश भौतिकविद दलले गरेका थिए ।
विभिन्न भौतिकीय घटनाहरू जस्तै-विध्युत ,चुम्बकत्व , उष्मा चालकता मा विद्युदणुको अहम भूमिका हुन्छ। जब विद्युदणु त्वरित हुन्छ त यो फोटानका रूपमा ऊर्जाको अवशोषण वा उत्सर्जन गर्दछ।प्रोटोन अनि न्यूट्रोनका साथ मिलेर परमाणुको निर्माण गर्दछ ।परमाणुका कुल द्रव्यमान मा विद्युदणुको भाग कमभन्दा कम् ०.०६ प्रतिशत हुन्छ। विद्युदणु र प्रोटोनका बीच लाग्ने कुलाम्ब बल ( coulomb force ) को कारण विद्युदणु परमाणुदेखि बाँधिएको हुन्छ। दुई वा दुइभन्दा अधिक परमाणुहरूका विद्युदणुओका आपसी आदान-प्रदान वा साझेदारीका कारण रासायनिक बंध (Bond) बन्दछन्।
ब्रह्माण्डमा अधिकतर विद्युदणुओको निर्माण बिग-बैंगका बेला भएको मानिन्छ, यिनको निर्माण रेडियोधर्मी समस्थानिक ( radioactive isotope) देखि बीटा-क्षय र अन्तरिक्षीय किरणो (cosmic ray ) का वायुमण्डलमा प्रवेशका बेला उच्च ऊर्जा टक्करका कारण पनि हुन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.