पाण्डे
थर / From Wikipedia, the free encyclopedia
पाण्डे वा पाँडे हिन्दू धर्मावलम्बी ब्राह्मण तथा क्षेत्रीको थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू नेपालको पश्चिम क्षेत्र तथा भारतमा बसोवास गर्छन् । क्षेत्री पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डेहरू विभिन्न गोत्रका हुन्छन । ति मध्य पराशर गोत्र एक प्रमुख गोत्र हो । महाभारतको पाण्डबबाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।
छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू ...
जम्मा जनसङ्ख्या | |
---|---|
२,७४,०८९ नेपाली [1] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
![]() | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म | |
सम्बन्धित जातीय समूह | |
बस्नेत, थापा, कुँवर, बिष्ट |
बन्द गर्नुहोस्
ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी काजी परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू बस्न्यात वंश, कुँवर परिवार र थापा वंश हुन् । बस्नेत परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको थापा ऐतिहासिक दुस्मनी थियो ।[2]
कुलेटा पाँडे, पलेउ पाण्डे, आदि पाण्डेका प्रकारहरू हुन् ।[3]