![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e9/Nepali_Army_Unit_Insignia_Image.png/640px-Nepali_Army_Unit_Insignia_Image.png&w=640&q=50)
नेपाली सेना
From Wikipedia, the free encyclopedia
नेपाली सेना नेपालको राष्ट्रिय सेना हो।
नेपाली सेना गोर्खाली सेना | |
---|---|
![]() नेपाली सेनाको झण्डा | |
क्रियाशील | वि.सं.१६१६ भदौ २५ - वर्तमान |
देश | ![]() |
निष्ठा | नेपाल सरकार |
प्रकार | सेना |
आकार | १,०५,००० |
मुख्यालय | काठमाडौँ |
संलग्नताहरू | मिरकाशिम विरूद्धको लडाइँ - सन् १७६३ कप्तान किनलोकविरूद्ध पौवागढीको युद्ध- सन् १७६७ नेपाल अङ्ग्रेज युद्ध पहिलो नेपाल तिब्बत युद्ध नेपाल –तिब्बत /चीन युद्ध अन्तिम नेपाल तिब्बत युद्ध नेपालको गृहयुद्ध(जनयुद्ध/सशस्त्र युद्ध) |
कमाण्डरहरू | |
वर्तमान कमाण्डर | महारथी प्रभुराम शर्मा |
उल्लेखनीय कमाण्डरहरू | काजी कालु पाँडे, अभिमानसिंह बस्नेत, भीमसेन थापा, जंगबहादुर राणा, |
वि .सिं. १८१९ मा राजा पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको क्रमसगँगै ५ वटा कम्पनीहरू खडा गरी आधुनिक नेपाली सेनाको गठन प्रक्रिया सुरु भएको थियो । विभिन्न ऐतिहासिक कालखण्डहरूमा नेपाली सेनाले नेपाल र नेपालीको अस्तित्व पहिचान, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाको लागि नेपाल-अंग्रेज युद्ध, नेपाल-भोट युद्ध, पहिलो र दोस्रो विश्व युद्ध समेत लडेको ऐतिहासिक तथ्य छ। नेपालको एकीकरण अभियान र त्यसपछि विभिन्न कालखण्डहरूमा भएको संरचनात्मक परिवर्तन भै सबै क्षेत्रमा तैनाथ रहेको छ. हालका दिनहरूमा नेपाली सेना मूलतः बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, मुलुकको महत्वपूर्ण सम्राचना तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षा एवं संयुक्त राष्ट्रसंघको आह्वानअनुसार विभिन्न देशमा शान्ति स्थापना जस्ता कार्यहरूमा संलग्न रहदै आएको छ।[1]