![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/9/9a/9th_National_Game_Nepal_2079.webp/640px-9th_National_Game_Nepal_2079.webp.png&w=640&q=50)
नवौँ राष्ट्रिय खेलकुद २०७९
From Wikipedia, the free encyclopedia
नवौँ राष्ट्रिय खेलकुद २०७९ (2022 9th National Games of Nepal) नेपाल राष्ट्रिय खेलकुदको नवौँ संस्करण हो । यस बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७९ जेठ २२ देखि २८ गतेसम्म आयोजना भएको थियो[2] । प्रतियोगितामा सातवटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ (एनआरएन) गरी कुल ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । यसपटक ४ सय ४ स्वर्ण, उति नै रजत पदक र त्यसभन्दा दोब्बर बढी कास्यका लागि प्रतिस्पर्धा हुनेछ[3] ।
नवौँ राष्ट्रिय खेलकुद २०७९ | |||
---|---|---|---|
![]() नवौँ राष्ट्रिय खेलकुद २०७९ को आधिकारिक लोगो | |||
आयोजक सहर | पोखरा, कास्की जिल्ला[1] | ||
राष्ट्र | ![]() | ||
सहभागी खेलाडी संख्या | ११ टिम | ||
प्रतियोगिताहरू | ३६ खेल | ||
उद्घाटन समारोह | २०७९ असोज २८ | ||
समापन समारोह | २०७९ कार्तिक ०३ | ||
आधिकारिक उद्घाटन गर्ने व्यक्ति | उपराष्ट्रपति नन्दबहादुर पुन | ||
खेलाडीको तर्फबाट सपथ | ६ हजार १ सय ५७ | ||
मुख्य आयोजना स्थल | पोखरा रङ्गशाला | ||
|
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते शुक्रबार एक भब्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले आधिकारिक रुपमा उद्घाटन गरेका थिए ।
यस्तै, नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता भने भदौ २३ गतेदेखि काठमाडौंको टियु क्रिकेट मैदानमा सुरुवात भएको थियो[4]। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै प्रतियोगिताको पहिलो स्वर्ण जित्न सफल भएको थियो । व्यक्तिगत स्पर्धामा भने बाग्मती प्रदेशकी शिक्षा नापितले फैन्सिङ तर्फको स्पर्धामा पहिलो स्वर्ण जितेकी थिइन् ।