![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Dasarath_Rangasala_Stadium.jpg/640px-Dasarath_Rangasala_Stadium.jpg&w=640&q=50)
दशरथ रङ्गशाला
From Wikipedia, the free encyclopedia
दशरथ रङ्गशाला (अङ्ग्रेजी: Dasarath Rangasala ) नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला हो ।[3] दशरथ रङ्गशाला काठमाडौँको त्रिपुरेश्वरमा रहेको एउटा बहुउद्देश्यीय रङ्गशाला हो। यो नेपालको सबैभन्दा ठूलो रङ्गशाला पनि हो।[4] यसलाई प्रायःजसो फुटबल प्रतियोगिता, सांस्कृतिक र मनोरञ्जन कार्यक्रमहरूको लागि प्रयोग गरिन्छ। रङ्गशालामा ५,००० सिट छन् र यसले १५,००० दर्शक थाम्न सक्छ। यसको निर्माण वि.सं २०१४ मा भएको थियो।[1]
![]() दशरथ रङ्गशाला २०६४ सालमा | |
![]() | |
स्थान | त्रिपुरेश्वर, काठमाडौँ, नेपाल |
---|---|
निर्देशाङ्क | २७°४१′४२″N ८५°१८′५३″E |
मालिक | नेपाल सरकार |
परिचालक | अखिल नेपाल फुटबल सङ्घ |
दर्शक क्षमता | ४१ हजार (वि.स. २०१३), १५,००० (वि.सं २०७६ सम्म पुर्ननिमार्ण गर्दा क्षमता घटाइयो)[1] |
सतह | घाँस |
निर्माण | |
निर्माण | वि.सं २०१२ |
खुला | वि.सं २०१४ |
मर्मत सम्भार | वि.सं २०७६[2] |
भाडावाल | |
नेपाल राष्ट्रिय फुटबल टोली |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/Dasarath_Rangasala_Stadium.jpg/640px-Dasarath_Rangasala_Stadium.jpg)
धेरै जसो नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू यस रङ्गशालामा आयोजना गर्ने गरिन्छ। प्रत्येक वर्ष यस मैदानमा सहिद स्मारक ए-डिभिजन लिग प्रतियोगीताको पनि आयोजना गर्ने गरिन्छ।[5] रातीको समयमा पनि प्रतियोगीता र कार्यक्रम आयोजना गर्न यो सक्षम होस् भनी यसमा फ्लडलाईट जडान गरीएको छ। काठमाडौँ आठौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो, त्यो प्रतियोगीता आयोजना हुनु पूर्व चीनको सहयोगमा यो रङ्गशाला पुनर्निर्माण गरिएको थियो। नेपालको वीर सहिद दशरथ चन्दको नामबाट यसको नामकरण गरिएको थियो। नेपालमा २०७८ मा पहिलो पटक सम्पन्न, नेपाल सुपर लिग पनि यसै रङ्गशालामा आयोजना गरिएको थियो।[6]