नेपाल सुपर लिग
From Wikipedia, the free encyclopedia
नेपाल सुपर लिग अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको नेपालकै पहिलो व्यावसायिक फ्रेन्चाइजमा आधारित फुटबल लिग हो।[1] सहिद स्मारक ए-डिभिजन लिग र नेपाल राष्ट्रिय लिग गरी यो नेपाली फुटबलको तीन शीर्ष प्रमुख फुटबल प्रतियोगिताहरू मध्ये एक हो।[2]
छरितो तथ्यहरू देश, सङ्घ ...
![]() | |
देश | नेपाल |
---|---|
सङ्घ | एसियाली फुटबल महासङ्घ |
स्थापना | २०७८ वैशाख ११ |
टोलीको सङ्ख्या | ९ |
लेभल पिरामिड | १ |
टिभी साझेदार | हिमालय टेलिभिजन |
वेबसाइट | nepalsuperleague.com |
![]() |
बन्द गर्नुहोस्
पहिलो संस्करणको प्रतियोगिता २०७८ वैशाख ११ गते देखि २०७८ जेठ १ सम्म, त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको थियो।[3] यस प्रतियोगितामा कुल ७ टोलीहरूले भाग लिएका थिए।[4]