![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/09/Gorkha_Palace_durbar.jpg/640px-Gorkha_Palace_durbar.jpg&w=640&q=50)
गोरखा जिल्ला
नेपालको गण्डकी प्रदेशको जिल्ला / From Wikipedia, the free encyclopedia
गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन्।
छरितो तथ्यहरू गोरखा जिल्ला, देश ...
गोरखा जिल्ला | |
---|---|
![]() | |
![]() गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थान | |
निर्देशाङ्क: २८°१७′उ॰ ८४°४१′पू॰ | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, गोरखा |
क्षेत्रफल | |
• जम्मा | ३६१० किमी२ (१३९० वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | २५२२०१ |
• घनत्व | ७०/किमी२ (१८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
बन्द गर्नुहोस्
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्।[1][2]