तिब्बत
From Wikipedia, the free encyclopedia
तिब्बत वा भोट (पुरानो उच्चारण थिबत सरलीकृत चिनीयाँ भाषा, सरलीकृत र परम्परागत चिनीयाँ भाषा| परम्परागत चिनीयाँ भाषा|चिनीयाँ: 西藏, ह्यान्यू पिनयिन: Xīzàng;藏区का रूपमा समेत (सरलीकृत चिनीयाँ), 藏區 (परम्परागत चिनीयाँ), ज्याङ्कू (ह्यान्यू पिनयिन), हेर्नुहोस् नाम खण्ड) क्षेत्रहरू मध्य एसियाको उच्च समस्थली हो। र तिब्बती जनताको स्वदेश-घर। जसको सरदर ढाल ४,९०० मीटर (१६,००० फूट (नापको इकाई)ft), संसारकै उच्च क्षेत्रहरूमा पर्दछ र यो "विश्वको छहारी" नामले प्रसिद्ध छ।[1]
शताब्दियौं सम्म बेग्लै राष्ट्रको रूपमा रहेको तिब्बत आज जनवादी गणतन्त्र चीन अन्तरगत पर्दछ। तिब्बत चिनीयाँ गणतन्त्र भएको दावी छ। यद्यपि तिब्बतीय सार्वभौमिकता विवाद,मा जनवादी गणतन्त्र चीन सरकार र निर्वासनमा रहेको तिब्बत सरकार बीच विवाद कायमै छ। निर्वासनमा रहेको तिब्बत सरकार अन्तर्राष्ट्रिय कानुन बमोजिम तिब्बत चीनको प्रान्त भएको स्वीकार्दैन। तिब्बतीय साम्राज्य सातौँ शताब्दी तिर अस्तित्वमा आएको हो जब सम्राट स्रोङ्चन गम्पोले विभिन्न क्षेत्र र जातजातिहरूलाई एकीकृत पारे। सन् १६०० को शुरू देखि नै टुल्कुका (अवतारी लामाहरू), जो दलाई लामा भनेर चिनिन्छन् हरूले तिब्बतमा शासन गरिआएका थिए। तिब्बत र १४ दलाई लामाहरू अवलोकितेश्वर भएको विश्वास गरिन्छ। ("चेनरेजिग" तिब्बतीमा [स्प्यान राज ग्जिग्ज]), को बोधिसत्त्व मानिन्छ।
सत्रौँ शताब्दी र १९५९ बीचमा , दलाई लामा र उनका अनुचरहरू तिब्बतका मुख्य राजनीतिक शक्ति थिए। उनीहरू अधिकांश आफ्नो धार्मिक र प्रशासकीय शासन परम्परागत राजधानी ल्हासा, बाटै चलाउँथे जुन तिब्बतको सबैभन्दा पवित्र शहर मानिन्छ। चिनीयाँ सूत्र, जियावेई, वाङ्, "चिनियाँ तिब्बतको ऐतिहासिक स्थिति", २०००, pp८९–९२ का अनुसार सत्रौँ शताब्दी देखि १७२१ सम्म, तिब्बतका राजनीतिक नेता देग्सी अथवा गभर्नर हुन्थे। १७२१ मा, चिनीयाँ सम्राटले देग्सीको पद अन्त्य गरे र राजनीतिक शक्ति चार गालोनहरूको हातमा दिए। १७५१ मा, चिनीयाँ सम्राटले दलाई लामालाई तिब्बतको आत्मिक र राजनीतिक नेताको स्थान दिए जसमा सरकार (गाजाङ) लगायत यसमा ४ गालोनहरू हुन्थे।