कानेपोखरी
From Wikipedia, the free encyclopedia
कानेपोखरी ब्यापारिक केन्द्रका रूपमा समेत स्थानीय बजारका रूपमा विकास भर्इरहेको मोरङ जिल्लाको वयरवनगाबिस स्थित कानेपोखरी एतिहासिक महत्त्वको ठाँउ समेत हो भन्ने कुरा धेरैलाई थाहा नुहन सक्छ । महेन्द्र राजमार्गमा पर्ने कानेपोखरी देखी करिब १ किलोमिटर दक्षिणमा रंगेली जानेबाटो पटिट चारकोशे झाडीमा यो पोखरी पर्दछ । यो पोखरीको क्षेत्रफल करिब एक बिगाहा रहेको छ । यस क्षेत्रमा मिश्रित जातजातिहरूको बसोबास रहेको छ । यहाँका मानिसहरु कृषि र ब्यपार ब्यबसायमा सम्मिलित छन । यस क्षेत्रमा धान,गहुँ,मकै,तोरी लगायतका बालीहरु उत्पादन हुने गरेको छ । कानेपोखरी बयरबन गाबिसको वार्ड नम्बर ९ मा अबस्थित रहेको छ । यस पोखरीको नामबाट नै राजमार्गमा रहेको चौकको नाम काने पोखरी राखिएको हो । यो पोखरीलाई पहिला खोर पोखरी भनिन्थ्यो । मोरङको उत्तरी गाबिस भोगटेनीमा रहेको एतिहासिक धिमाल राजारानी पोखरीमा वर्षेनी मेला लाग्ने गरेको र सो मेला भर्न जाने आदिबासी धिमाल महिलाहरू त्यही पोखरीको बाटो हुँदै जान्थे । मेला भर्न जाँदा महिलाले गहनानलगाई गए अशुभ अनिष्ट हुन्छ भन्ने गर्दथे यसै क्रममा सोही पोखरीको छेउमा एकजना बृद्ध महिला बस्थिन । उनले गरगहना नभएका महिलाहरूलाई मेला भर्न जाँदा कानमा लाउने गहना दिने र मेलाबाट फर्किएपछि फिर्ता लिने गर्दथिन । यसरी कानमा लगाउने गहना दिने गरेका कारण पोखरीको नाम कानेपोखरी रहेको किंबदन्ती रहेको छ । पोखरीको एक छेउबाट हेर्दा यो पोखरी कानजस्तो देखिने भएका कारण पनि यसलाई कानेपोखरी भनिएको हो भन्ने भनाई छ । यस क्षेत्रका धिमाल जातिहरूले बकुल्लालाई काने भन्ने गरेको र उत्त पोखरीमा त्यस्ता बकुल्ला धेरै पाईने भएका कारण पनि धिमालहरूले यो पोखरीको नाम कानेपोखरी राखेको बताईन्छ । परापुर्बकालिन बिराटराजाका गाईबस्तुलाई पानी खुवाउने राजाको काने भन्ने नोकरले पोखरी बनाएको हुनाले पोखरीलाई कानेपोखरी नामाकरण गरिएको समेत भनाई छ ।
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |