धान
From Wikipedia, the free encyclopedia
धान विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो । धान अन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसार भरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो ।
छरितो तथ्यहरू धान, वैज्ञानिक वर्गीकरण ...
धान | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
शाखा: | कोमेलाइनिड्स |
गण: | पोल्स |
परिवार: | पोसिए |
Tribe: | Oryzeae |
वंश: | Oryza L. |
प्रजाति: | O. sativa |
वैज्ञानिक नाम | |
Oryza sativa L. | |
बन्द गर्नुहोस्