क्षत्रिय राजन्य उपाधि तथा थर From Wikipedia, the free encyclopedia
राणा हिन्दू धर्मावलम्बी राजपुत र क्षेत्रीहरूको थर हो। राणा खासमा एक राजपुत उपाधि हो । कुँवरमाथि राणा उपाधि धारण गरी राणा वंश स्थापना गर्ने जंगबहादुर राणा (वीरनरसिंह कुँवर) पहिलो नेपाली राणा वंशज हुन्। यी राणा क्षेत्रीहरू वत्स गोत्रका हुन् भने मेवाडका राणाहरू वैशमपायन गोत्रका हुन् ।
राणाको अर्थ सार्वभौम राजा मानिएको छ । तर मेवाड राज्यका राणाहरूले राणा उपाधिलाई राज्यको संरक्षक (Royal Custodian) का रूपमा मान्दै आएका छन् । भारतीय राजपुत समाजमा राणा उपाधि सर्वाधिक उच्चतम् मानिएको छ । राजाझैं राणाकी श्रीमतीलाई पनि रानी नै भनिन्छ । राणाका बन्धु शब्दहरू रावल, राव, राय, राई, राजा, राया, आदि हुन् । यी सबैको अर्थ एउटै हुन्छ ।
राणा उपाधि प्रथम चोटि राणा हम्मीर सिंह (१३२६-१३६४)ले लिएका थिए । उनले आफ्ना पूर्वजको रावल उपाधि त्यागी राणा उपाधि लिएका थिए ।
यिनीहरूको पूर्वज कुँवरहरू हुन्। आजका राणाहरूको पुर्ख्यौली ३ दाजुभाइ बालनरसिंह कुँवर, बलराम कुँवर र रेवन्त कुँवरमा पुग्दछ। जंगबहादुर राणाले सत्तामा आउनासाथ धारण गरेको वा पाएको उपाधि राणालाई थर बनाइयो। त्यसरी कुँवरबाट राणा अलग्गिएका हुन्।[1]
राणाहरू नेपालमा निम्नसङ्ख्यक छन् । उनीहरूको बसोबास काठमाण्डौ उपत्यकामा विशेष छ ।
राणा थर लेख्ने राजपुत मात्र नभएर वैश्य र थारुहरू पनि भेटिन्छन । यसैकारण थरले सम्पूर्ण परिचय खुल्दैन । हेरौ तालिका र बुझौ वास्तविकता के के छ हाम्रो समाजमा
क्रम -स | पूर्खाको थर | बर्तमानमा लेख्ने गरेको थर | गोत्र | बसोबास | कुलदेवता | पहिचान | कैफियत |
---|---|---|---|---|---|---|---|
१ | रावल | राणा | वैशमपायान | भारतको मेवाड | ------? | राजपुत /ठाकुर | राजपुत |
२ | ----? | राणा | भारद्वाज | उत्तराखण्ड जागेश्वर | दण्डश्वर महादेव | राजपुत /ठाकुर | राजपुत |
३ | कुँवर | राणा | वत्स | काठमाण्डौ / नेपालगञ्ज | --------? | क्षत्री राणा महाराज | -------? |
४ | राना | राणा | धनन्जय | डोटी /बैतडी /कैलाली | खडायत | वैश्य | क्षत्री खस |
५ | राना | राणा | ----- ? | भारतको उत्तरप्रदेश | ------? | वैश्य/थारु | थारु |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.