नेपालको प्रधानसेनापति तथा राजनीतिज्ञ From Wikipedia, the free encyclopedia
कमाण्डर जनरल श्री इस्ट देवता चरण श्री माधर जंग कुमार श्री धीर शमशेर कुँवर राणा व धीर शमशेर कुँवर व धीर शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको जन्म १८८४ कार्तिक १४ गते रोज १ मा भएको थियो । [२] उनलाई दाजुले सान्नानीको नामले सम्बोधन गर्थे। जगत शमशेरको निधनपश्चात उनी प्रधान सेनापति भए साथै प्रधानमन्त्रीको मर्यादाक्रममा दाजु रणोद्दिप सिँह बहादुर राणापछिको दोस्रो थिए। कमान्डर इनचिफका रुपमा कार्यरत हुँदा जनरल धीरशमसेर कुँवर राणा विद्रोहीहरू देखि सधैं सजग र सावधान रहने गर्थे। षड्यन्त्र द्वारा नै आफूहरूले राज्यसत्ता प्राप्त गरेको हुनाले "आफ्नो विरुद्ध पनि कुनै बेला त्यसै किसिमको कुनै राजनीतिक षड्यन्त्र पो हिने हो कि?" भन्ने भयले यिनलाई सताइरहन्थ्यो। असमायिक निधनले यिनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।
श्री कमाण्डर ईन चिफ धीर शमशेर राणा | |
---|---|
जन्म: धीर शमशेर कुँवर | |
नेपालको प्रधान सेनापति | |
कार्यकाल सन् १८७९ – सन् १८८४ [१] | |
पूर्वाधिकारी | जगत शमशेर राणा |
उतराधिकारी | जीतजङ्ग राणा |
व्यक्तिगत विवरण | |
अभिभावकs |
|
पुरस्कार | आइ.जि.एस. एण्ड म्युटिनी (सन् १८५८ ) के.आइ.एच.(सन् १८७७ ) |
सैन्य सेवा | |
निष्ठा | नेपाल |
श्रेणी | जनरल |
लडाई/युद्धहरू | कोत पर्व भण्डारखाल पर्व तेश्रो नेपाल भोट युद्ध भारतीय सिपाही विद्रोह |
कोत पर्वको समयमा धीर शमशेर कप्तान थिए । उनी त्यति बेला १७ वर्षका थिए । उनले तत्कालीन प्रधानमन्त्री फत्तेजङ शाहका छोरा खड्गबिक्रम शाहलाई कम्मरमा काटी दुई टुक्रा पारेका थिए ।
धीर शमशेर वि.सं १९०७ मा प्रधानमन्त्री जङ्ग सँगै युरोप भ्रमणमा गएका थिए। भ्रमणको क्रममा बेलायतमा भएको कुस्ती प्रतियोगितामा उनले बेलायती कुस्तीबाज लाई हराएका थिए। युरोप भ्रमणको प्रेरणाबाट उनले अङ्ग्रेजी पढाई दरबार हाइ स्कुलमा सुरु गरे। उनले तीन धारामा पाठशाला र छात्रावास पनि निर्माण गरे जहाँ विद्यार्थीहरूलाई निशुल्क खाना दिइन्थ्यो।
जंगबहादुरले भारतको सिपाही विद्रोहको दमन गर्न धीर शमशेरलाई ३००० नेपाली फौजको नेतृत्व गरि लखनउ, बनारस र पटना तर्फ कुच गर्न आदेस दिए। [३] नेपाली फौजले लखनउ र गोरखपुरमा ब्रिटिस अधिकार पुनस्थापित गर्यो र बिहार, अजमपुर, जौनपुर, अलाहवाद र अवधमा समेत विजय हात पार्यो। [४] यद्यपि, धीर शमशेर ब्रिटिस विरोधी नीतिको पक्षपाती थिए। [५][६] र उनले सिपाही विद्रोहमा ब्रिटिसलाई सहयोग गर्ने जंगबहादुरको कदमको विरोध गरेका थिए। [५]
पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जंगबहादुरको मृत्यु भएपछि रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन् । उनले जंगबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजङ्ग राणालाई पत्थरघट्टा पठाए ।
वि.सं. १९३६ जेठ ६ गते प्रधानसेनापति जगतशमशेरको मृत्युपछि जनरल धीर शमशेर प्रधानसेनापति बने। उनले नै सर्वप्रथम भारतीय सेनामा नेपाली रङ्गरुट सिपाही पठाउने परम्परा बसाले।[७]
रणोद्दीपसिंहको शासनकालमा शिक्षा डाइरेक्टर जनरल धीरशमशेरको प्रयासको फलस्वरुपर इ. १८८० मा दरबार हाइ स्कूलको सम्बन्ध कलकत्ता विश्वविद्यालयसित गाँसियो ।
प्राइम मिनिस्टर जनरल रणोद्दीपसिंह कुँवर राणाको प्रशासनकालमा राणाविरोधी एउटा सशक्त राजनीतिक सङ्गठन षड्यन्त्रमा सकृय थियो। कमान्डर इनचिफ जनरल धीर शमशेर कुँवर राणाको विशेष होसियारीले गर्दा षड्यन्त्र सफल नहुँदै उक्त संगठन ध्वस्त भयो र उक्त संगठनका सदस्यहरूको निर्दयतापूर्वक दमन पनि गरियो। १९३६ बि.सं. मा भएको यस दमनमा कर्नेल श्रीविक्रमसिंह थापा (मुख्तियार माथवरसिंह थापाका नाति) आदि २३ जना व्यक्ति काटिएका थिए, १२ जना जति कैद र ७ जना निर्वासित गरिए।[८]
उनका १७ भाइ छोरा थिएः
नाम, शासनकाल | ||
१ | वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८), | काजी ललितमानसिंह बस्नेतको बहिनीबाट |
२ | डम्बर शमशेर | मठ्याहा (नाजायज/ल्याइते) |
३ | खड्ग शमशेर जङ्गबहादुर राणा | काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट |
४ | रण शमशेर जङ्गबहादुर राणा | काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट |
५ | देव शमशेर जङ्गबहादुर राणा (१९५८-१९५८), | काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट |
६ | चन्द्र शमशेर जङ्गबहादुर राणा (१९५८-१९८६), | काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट |
७ | भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९), | काजी हेमदलसिंह थापा (गोदार)की छोरी रानी नन्द कुमारीबाट |
८ | फत्ते शमशेर | |
९ | ललित शमशेर | |
१० | जीत शमशेर | |
११ | पूर्ण शमशेर | मठ्याहा |
१२ | यदु शमशेर | मठ्याहा |
१३ | दुर्गा शमशेर | मठ्याहा |
१४ | शेर शमशेर | मठ्याहा |
१५ | जुद्ध शमशेर जंगबहादुर राणा (१९८९-२००२), | हिमाचल काङ्गडा राजपूत कुमारी जुहार देवीबाट |
१६ | खम्ब शमशेर | मठ्याहा |
१७ | हर्क शमशेर | मठ्याहा |
वि.सं. १९४१ भदौमा लुइँचेको करङ धीरशमशेरका गलामा तेर्सिदा घ्यारध्यार भयो, जबर्जस्ती निल्दा घाउ भइ नली फुल्यो र सास फेर्न कठिन भई बिसायो। उनको मृत्यु वि.सं. १९४१ कार्तिकमा भयो।[१०] (बाबुराम आचार्यको अनुसार १९४१ आश्विन ३० मा उनको मृत्यु भएको थियो। [११])
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.