रामग्राम नगरपालिका
From Wikipedia, the free encyclopedia
From Wikipedia, the free encyclopedia
रामग्राम नगरपालिका नेपालको लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[5]मा पर्ने एक नगरपालिका हो। तत्कालिन नवलपरासी जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनेपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम रहेको परासी[6] बजार यसै नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो।[7] तत्कालिन नवलपरासी जिल्लामा रहेका तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यस नगरपालिका क्षेत्रमा ऐतिहासिक बुद्धकालीन रामग्राम स्तूप रहेको छ जसलाई युनेस्कोले सन् १९९६ मा आफ्नो सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।[8][9]यो १८ वटा वडामा विभाजित छ।[10] रामग्राम नगरपालिकाको पूर्वमा सरावल गाउँपालिका, त्यस्तै यसको पश्चिममा रुपन्देही जिल्ला, उतरमा सुनवल नगरपालिका तथा दक्षिणमा पाल्हीनन्दन गाउँपालिका रहेका छन्।
रामग्राम | |
---|---|
आदर्श वाक्य(हरू): "नगरबासीकाे सराेकार! स्वच्छ,पारदर्शी र विकासमुखी स्थानीय सरकार" | |
निर्देशाङ्क: २७°३२′उ॰ ८३°४०′पू॰ | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[1] |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | सनई (४-५), सुक्रौली, हकुई, अम्रेठ, बन्जरिया र देवगवा |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २७[2] |
सरकार | |
• नगरप्रमुख | धनपत यादव (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) |
• उपप्रमुख | सम्झना चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी) |
क्षेत्रफल | |
• जम्मा | १२८.३२ किमी२ (४९.५४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६४,०१७ |
• घनत्व | ५००/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ३३००० |
क्षेत्रीय सङ्केत | ०७८ |
वेबसाइट | www |
गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तूपका नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो।[11][12]
नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १८ वडा रहेका छन्।[13][14][15]
स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा वर्तमान नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)[16] जिल्लाका तत्कालिन सनईको वडा ४ र ५, सुक्रौली, हकुई, अम्रेठ, बन्जरिया र देवगवा गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो।[2] नगरपालिकाको कुल क्षेत्रफल १२८.३२ वर्ग किलोमिटर रहेको छ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामग्राम नगरपालिकाको कुल जनसङ्ख्या ६४,०१७ रहेको छ भने यहाँ १३,१३७ घरधुरी रहेका छन्।[10]
रामग्रामको निम्नलिखित सहरहरूसँग भगिनी सम्बन्ध रहेको छ[17]:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.