मराठा साम्राज्य
From Wikipedia, the free encyclopedia
मराठा साम्राज्य वा मराठा सङ्घ १८औँ शताब्दीमा भारतीय उपमहाद्वीपको ठूलो भागमा प्रभुत्व जमाएको एक शक्ति थियो। छत्रपतिको रूपमा शिवाजीको राज्यभिषेकसँगै औपचारिक रूपमा सन् १६७४ देखि साम्राज्य अस्तित्वमा आएको थियो। इस्ट इन्डिया कम्पनीसँग पेश्वा बाजीराव द्वितीयको हार भएसँगै सन् १८१८ मा यो साम्राज्यको पतन भएको थियो। भारतीय उपमहाद्वीपको अधिकांश भागमा मुगल शासनको अन्त्यको लागि मराठाहरूलाई श्रेय दिइन्छ।[3]
सन् १६७४–सन् १८१८ | |||||||||||||
झण्डा | |||||||||||||
सन् १७६० मा मराठा नियन्त्रणमा रहेको भूभाग (पहेँलो) | |||||||||||||
राजधानी | |||||||||||||
आम भाषाहरू | मराठी (औपचारिक) | ||||||||||||
धर्म | हिन्दु | ||||||||||||
सरकार | पूर्ण राजतन्त्र (सन् १६४५-१७३१) सीमित राजतन्त्र राजा सहितको कुलीनतन्त्र (सन् १७३१-१८१८) | ||||||||||||
छत्रपति (सम्राट) | |||||||||||||
• सन् १६४५-१६८० | शिवाजी (प्रथम) | ||||||||||||
• सन् १८०८-१८१८ | प्रताप सिंह (अन्तिम) | ||||||||||||
पेशवा (प्रधानमन्त्री) | |||||||||||||
• सन् १६७४–१६८३ | मोरोपन्त पिङ्गले (प्रथम) | ||||||||||||
• सन् १८०३-१८१८ | बाजीराव द्वितीय (अन्तिम) | ||||||||||||
व्यवस्थापिका | अष्ट प्रधान | ||||||||||||
इतिहास | |||||||||||||
• मुगल-मराठा युद्ध | सन् १६७४ | ||||||||||||
• अङ्ग्रेज-मैसुर युद्ध | सन् १७६७-१७९९ | ||||||||||||
• अङ्ग्रेज मराठा युद्ध | सन् १७७५-१८१८ | ||||||||||||
• मराठा मैसुर युद्ध | सन् १७८५-१७८७ | ||||||||||||
• तेस्रो अङ्ग्रेज मराठा युद्ध | सन् १८१८ | ||||||||||||
क्षेत्रफल | |||||||||||||
सन् १७६०[2] | २५,००,००० किमी२ (९,७०,००० वर्ग माइल) | ||||||||||||
मुद्रा | रूपया, पैसा, मोहर, शिवराई | ||||||||||||
| |||||||||||||
अचेल | भारत पाकिस्तान |
मराठा पश्चिमी डेक्कन पठार (वर्तमान महाराष्ट्र)को एक योद्धा समुदाय थियो। उनीहरूले मराठी भाषा बोल्थे। उनीहरू हिन्दु स्वराज्यको स्थापनालाई प्रमुखताका साथ उठाएका थिए।[4][5] १७औँ शताब्दीमा शिवाजी महाराज मराठा प्रमुख भएर नेतृत्व सम्हालेका थिए। उनले आदिल शाही वंशविरुद्ध विद्रोह गरे र रायगढमा राजधानी स्थापित गरि एक राज्यको निर्माण गरेका थिए। उनको बुवा, शाहजीले पहिले थन्जावुरमाथि विजय हासिल गरेका थिए, जुन शिवाजीका सौतेनी भाइ, वेन्कोजी रावलाई विरासतमा प्राप्त भएको थियो र उक्त राज्यलाई तन्जावुर मराठा राज्यको रूपमा चिनिन्थ्यो। मराठा मुगल-मराठा युद्धको समयमा आफ्नो क्षेत्रलाई मजबुत गर्न सफल भए र पछि मराठा साम्राज्य सम्पूर्ण भारतवर्षमा फैलिएको थियो।
सन् १७०७ मा औरङजेबको मृत्यु पश्चात्, मुगलद्वारा शाहूलाई, (शिवाजीका नाति)लाई रिहा गरिएको थियो।[6] आफ्नी सौतेनी आमा ताराबाईसँग केही शक्ति सङ्घर्षपछि, बालाजी विश्वनाथ र धनजी जाधवको सहायता लिएर साहू शासक छत्रपति बनेका थिए। उनको सहायताबाट प्रसन्न भएर साहुले बालाजी विश्वनाथ र पछि, उनको वंशजलाई पेशवा अर्थात साम्राज्यको प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए।[7] मराठा शासनको विस्तारमा बालाजी र उनको वंशजको प्रमुख भूमिका थियो। आफ्नो चरम अवस्थामा मराठा साम्राज्य दक्षिणमा तमिलनाडु,[8] उत्तरमा पेशावर (वर्तमान खैबर पख्तुनख्वा, पाकिस्तान[9]), र पूर्वमा ओडिसा तथा पश्चिम बङ्गालको हुगली नदीसम्म फैलिएको थियो।[10] इतिहासकारहरूले अटकलाई मराठा साम्राज्यको अन्तिम मोर्चा मन्ने गर्छन्।[11][12] बालाजी बाजीराव पेशवाले मुगल सिंहासनलाई समाप्त गर्नको लागि सदाशिव राव भावलाई दिल्ली पठाएका थिए।[13] सन् १७६१ मा, मराठा सेना अफगान दुर्रानी साम्राज्यको अहमद शाह अब्दालीविरुद्ध पानीपतको तेस्रो युद्धमा पराजित भएको थियो। यो पराजयको कारणले गर्दा मराठा साम्राज्य अफगानिस्तानमा विस्तार हुन सकेको थिएन्।
विशाल साम्राज्यलाई प्रभावकारी ढङ्गले प्रबन्धन गर्न तथा साम्राज्यलाई मजबुत गर्नको लागि माधवरावले अर्ध-स्वायत्तता दिई मराठा राज्यलाई एक सङ्घको रूपमा विस्तारित गरेका थिए। यसमा बडौदाको गायकवाड, इन्दौर र मालवाको होल्कर, ग्वालियर र उज्जैनको सिन्धियाको नाममा चिनिन्छ। १७औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले पुणेमा पेशवा परिवारक उत्तराधिकार सङ्घर्षमा हस्तक्षेप गरेपछि पहिलो अङ्ग्रेज-मराठा युद्ध भयो, जसमा मराठा विजयी भएका थिए।[14] द्वितीय मराठा-अङ्ग्रेज युद्ध र तृतीय मराठा-अङ्ग्रेज युद्धमा मराठा पराजित भएपछि उनीहरूको साम्राज्यको अन्त भएको थियो।