सिख साम्राज्य
From Wikipedia, the free encyclopedia
भारतिय उपमहाद्वीप माथि सिख सम्राट एउटा प्रमुख शक्ति थियो, जुन महाराजा रणजित सिंहको नेतृत्वमा खडा भएको थियो जसले १७९९ मा लाहौरलाई कब्जा गर्यो र पन्जाब क्षेत्रको आस-पासलाई आधार बनाएर साम्राज्य स्थापित गर्यो। यो साम्राज्य १७९९ देखि १८४९ सम्म अस्तित्वमा रह्यो। यस साम्राज्यको चरममा १९औं शताब्दीमा यो साम्राज्य पश्चिममा खैबर पास देखि पूर्वमा हिमाचल र उत्तरमा कश्मिर देखि दक्षिणमा सिन्ध, सम्म फैलिएको थियो। सिख साम्राज्यको स्थापना १७०७ मा नै शुरु हुन थालेको थियो जब औरङ्गजेबको मृत्यु भयो र मुगल साम्राज्यको पतन हुन थाल्यो। मुगल साम्राज्य र अफगानीहरूको विरुद्ध लडाई लड्नको लागि मुगलहरूको कमजोरी दल खालसा (गुरु गोबिन्द सिंह द्वारा संचालित दल खालसा) आर्मीको लागि एउटा सुनौलो अवसर थियो। यस प्रकार आर्मीहरूको सङ्ख्या बढ्न थाल्यो जुन साना-साना समूह र अर्ध-स्वतन्त्र “मिस्ल” मा चारै तिर फैलीन थाल्यो। अलग – अलग आर्मी अथवा मिस्ल द्वारा अलग – अलग क्षेत्र अथवा शहर माथि कब्जा थियो। पछि १७६२ देखि १७९९ सम्ममा यि मिस्ल अथवा समूहहरूको आफ्नै प्रधान सेनापति (कमाण्डर) हुन थाले। रणजित सिंह द्वारा “मिस्लहरूलाई” एकिकृत गरे पछि असल सिख साम्राज्यको शुरुवात हुन थाल्यो। उनले एक एकिकृत राजनीतिक अधिराज्यको स्थापना गर्नुभयो। १२ अप्रैल १८०१ मा गुरू नानकलाई मान्ने एक व्यक्ति द्वारा रणजित सिंहलाई तिलक लगाउनको साथै उनको राज्यभिषेक भयो धेरै कम समयमा उनी एक बलियो राजाको रूपमा प्रकट हुनु भयो। उनी एउटा सिख मिस्लको सानो नेताबाट पन्जाबको महाराजा बन्नु भयो। आधुनिक हतियार र नया नया अभ्यास र कला द्वारा उ आफ्ना आर्मीलाई आधुनिकीकरण गर्न थाले। रणजित सिंहको मृत्यु पछि राजनीतिक अस्थिरताले गर्दा साम्राज्य भितरी तहबाटनै कमजोर हुँदै गयो। सन् १८४९ मा अङ्रेजसँग सिख – अङ्गरेज युद्ध हारे पछि साम्राज्यको अन्त भयो र यसको ब्रिटिस साम्राज्यमा मिश्रण भयो। पन्जाब साम्राज्य चार क्षेत्रमा बाँडियेको थियोः लाहौर, मुल्तान, पेशावर र कश्मिर जुन १७९९ देखि १८४९ सम्म रह्यो।