भट्टराई
थर / From Wikipedia, the free encyclopedia
भट्टराई नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो। यो थर वशिष्ठ गोत्रको हुन्छ।भट्टराई खसजातिको थर हो । सिँजामा विक्रमको सातौँ आठौँ शताब्दीमा ऋषि भट्टबाट यो वंशले पहिचान बनाएको पाइन्छ । यिनका छैटौँ सन्तति गर्भू भट्टलाई तत्कालीन चल्ल राजाले न्यायको फाँट हेर्ने राजकीय काम जिम्मा दिएपछि भट्टराई भनिन थालिएको हो ।
छरितो तथ्यहरू जम्मा जनसङ्ख्या, उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू ...
जम्मा जनसङ्ख्या | |
---|---|
३,२२,१७५[1] | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
![]() | |
भाषाहरू | |
नेपाली भाषा | |
धर्महरू | |
हिन्दु धर्म र मष्टो धर्म | |
सम्बन्धित जातीय समूह | |
अधिकारी, पौडेल, खत्री, पोखरेल |
बन्द गर्नुहोस्
भट्टराईका निम्न उप-समुदाय: सिन्धुले भट्टराई, सालुखे भट्टराई, गाम्नाङ्गे भट्टराई, चिसुङ्खे भट्टराई हुन्छ।[स्रोत नखुलेको]
नेपालको इतिहासकालदेखि मानसम्मान पाउँदा आएका भट्टराई नेपालको एक बहुसङ्ख्यक थरीमा पर्छन् । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेपालकै सन्त राजनेता हुन्हुन्थियो । माओवादी नेता बाबुराम भट्टराई पनि प्रधानमन्त्री थिए । भट्टराईको बंशावलीपनि एउटा संग्रहणिय पुस्तक हो ।