![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Ricky_Ponting.jpg/640px-Ricky_Ponting.jpg&w=640&q=50)
ब्याटिङ (क्रिकेट)
From Wikipedia, the free encyclopedia
क्रिकेट खेलमा ब्याटिङ एक कला वा शैली हो जुन क्रिकेट बललाई क्रिकेट ब्याटद्वारा प्रहार गरेर रन बनाउन वा एक विकेट बचाउनका लागि गरिन्छ ।[1] एउटा खेलाडी जो वर्तमानमा ब्याटिङ गरिरहेको छ त्यसलाई ब्याट्सम्यान भनिन्छ भने बललाई हिर्काउने कलालाई शट वा स्ट्रोक भन्ने गरिन्छ । विशेसज्ञ ब्याट्सम्यान पदले सामान्य रूपमा त्यस्तो खेलाडीको वर्णन गर्छ जो ब्याटिङ गर्न विशेसज्ञ हुन्छ (जस्तै बलर जो बलिङ गर्न विशेसज्ञ हुन्छ) ब्याटिङ गरिरहेको अवस्थामा खेलाडीलाई ब्याट्सम्यान पदको पनि प्रयोग गरिन्छ ।[2] पछि यो पद आफ्नो पालोमा ब्याट गर्ने कुनै पनि खेलाडीको लागि प्रयोग गर्न सकिन्छ । महिला क्रिकेटमा कहिलेकाही ब्याटिङ गरिरहेको महिला खेलाडीलाई ब्याट्सवुमन पदको प्रयोग गर्ने गरिन्छ तर "पुरुष" शब्दावली पुरुष तथा महिला क्रिकेटमा बढी प्रयोग गर्ने गरिन्छ ।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/14/Ricky_Ponting.jpg/320px-Ricky_Ponting.jpg)
एक इनिङको समयमा ब्याटिङ गर्ने समूहको दुई खेलाडी पिचमा सदैव रहन्छ । बलरको वर्तमान बल सामना गर्नेलाई स्ट्राइकर र अर्कोलाई नन-स्ट्राइकर भनिन्छ । जब कुनै ब्याट्सम्यान आउट हुन्छ त्यस समय उसको कुनै टिमको सदस्यले उसलाई स्थानान्तरित गर्छ । यो निरन्तर चलिरहन्छ जब सम्म एउटा टिमको इनिङको समाप्ति हुदैन वा सो टिमको १० खेलाडी आउट हुदैन वा अर्को टिमले ब्याटिङ गर्ने अवसर पाउदैन ।
ब्याटिङ शैली वा योजना म्याचको प्रकार र म्याचको वर्तमान स्थिति माथि निर्भर गर्दछ । ब्याट्सम्यानको मुख्य उद्देश्य आफ्नो विकेट नगुमाउनु र सम्भव भए सम्म चाँडो भन्दा चाँडो रन बनाउनु हो ।