नेपाल सुपर लिग २०८०
From Wikipedia, the free encyclopedia
नेपाल सुपर लिग २०८० नेपालको शीर्ष स्तरीय क्लब फुटबल लिग प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण थियो। २०८० मङ्सिर ८ देखि २०८० पुस १४ सम्म दशरथ रङ्गशालामा आयोजित प्रतियोगितामा कुल नौ क्लबले भाग लिएका थिए।[1] १ जेठ २०७८ मा भएको पहिलो संस्करणको फाइनलमा धनगढी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो।[2] सात संस्थापक सदस्यहरूको अतिरिक्त, तीन नयाँ क्लबहरू थपिएका थिए। झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लब नयाँ टोलीहरूको रूपमा रहेका थिए। संस्थापक सदस्य मध्येको एक विराटनगर फुटबल क्लबले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको थियो जसका कारण यस संस्करणमा नौ टोलीले मात्र भाग लिएका थिए।[3] पुस १४ मा भएको संस्करणको फाइनल खेलमा ललितपुर सिटी फुटबल क्लबले ३-२ गोल अन्तरले धनगढी फुटबल क्लबलाई पराजित गर्दै उपाधि चुमेको थियो।[4]
संस्करण | २०८० |
---|---|
मिति | मङ्सिर ८ – १४ पुस |
विजेता | ललितपुर सिटी फुटबल क्लब |
खेलिएका खेलहरू | ४० |
गोलहरू | ८० (प्रति खेलमा २) |
उत्कृष्ट खेलाडी | ![]() |
सर्वाधिक गोलकर्ता | ![]() |
उत्कृष्ट गोलरक्षक | ![]() |
ठूलो जित | वीरगञ्ज युनाइटेड ४–१ काठमाडौँ रेजर्स (पुस ५) |
सर्वाधिक अङ्क | वीरगञ्ज ४–१ काठमाडौँ रेजर्स |
लामो विजय यात्रा | ललितपुर सिटी (३ जित) |
लामो अपराजित यात्रा | ३ टोलीहरू (६ खेलहरू) |
लामो जितविहीन यात्रा | स्पोर्टिङ इलाम दे मेची (५ खेलहरू) |
लामो पराजय यात्रा | ५ टोलीहरू (२ खेलहरू) |
सर्वाधिक उपस्थिति | १५,०००+ |
सबैभन्दा कम उपस्थित | ३०० |
औसत उपस्थिति | ३,६५० |
← २०७८ २०८१ →
सबै तथ्याङ्कहरू १४ पुस २०८० सम्म अद्यावधिक गरिएको छ। |