दक्षिणी नेपाल र उत्तरी भारतको तराईका आदिवासी जनजाति समूह From Wikipedia, the free encyclopedia
थारू जाति नेपालको मेचीदेखि महाकाली सम्म मध्य-पश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर भारतको आदिवासी जाति हो।[2][3][4][5] यो जतिलाई नेपाल सरकारले लोकजातिको रूपमा मान्यता दिएको छ।[6] नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसङ्ख्या भएको जाति पनि हो।
यो नेपालको ऐतिहासिक जातीले नेपाल निर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेपछी उपत्यकाको सुरक्षाको लागि थारु सेना ल्याएपछि क्रमशः गोर्खाली सेनाको रूपमा नेपाल एकिकरण अभियानको अन्तसम्म भाग लिइ रहयो साथै नेपालले लडेका हरेक लडाईमा थारू युवाहरू अन्य क्षेत्री, मगर, गुरुङ, बाहुन, तामाङ, सुनुवार, राई, लिम्बू, कामी, दमाईँ, गन्धर्व, योगी लगायतका जाति जत्तीकै बहादुरी पूर्वक लडेर मातृभुमी नेपाललाई विदेशी शक्तीहरूबाट बचाएको इतिहास पाइन्छ। यिनीहरू कैयौ वर्ष पहिलेदेखि तराईको घना जंगलको बीच-बीचका बसोबास गर्दै आएका छन्। दाङ्गमा बस्ने थारू थारूलाई 'दङ्गौरा थारू' भनिन्छ भने त्यहाँ तिनीहरूको राज्य नै रहेको प्रमाण पनि फेला परेको छ।
आकृतिले मंगोलजस्तै देखिए पनि दक्षिणतर्फका आर्यनहरूको सम्पर्कमा परेकाले थारूहरूको जनजीवन र रहनसहन निकै फरक पाइन्छ। ठाउँ अनुसार थारूहरूको थर र भाषामा पनि अन्तर छ। भौगोलिक विभाजनअनुसार यिनीहरूका केही थर हुन्: कोचिला .सप्तरीया लालपुरिया, सोलरिया, राना, मर्दनिया, कडरिया मोरङगीया, राजहटीया, रौतार, चितौनिया, मझौरा, दाङ बर्दिया खस, लामपुछुवा, बुचविहारी, डगौरा आदि। हाल २०७६ मा आएर केही राना थारूहरू थारूवाट छुटिएर भिन्न जातीका रूपमा सुचिकृत गराएका छन तर पनि राना थारू लेख्ने गरेको पाइन्छ |
थारू जाती आफ्नै थारू भाषाका अलावा नेपाली भाषा बोल्छन भने केहीले क्षेत्रगत रूपमा बोलीने भोजपुरी, मैथली तथा अवधि भाषा पनि बोलीरहेका हुन्छन्। थारू आफ्नै संस्कृतिमा रमाउने जाती हो दसैं, तिहारका अलावा थारूहरू धुमधाम सँग माघी, जितीया आदी पर्व मनाउने गर्दछन।
थारूहरू बिहानको खाजाहरूलाई 'कल्वा', दिउसोको खानालाई 'मिन्ही' र साँझको खानालाई 'बेरी' भन्छन्। थारूहरूको कुलदेवता काली भगवती, मैया र गोरैया हुन्। हरेक घरमा कुल देवता रहन्छन्। कुलदेवता रहेको ठाउँमा घरमूली नै सुत्नु पर्ने नियम छ। यिनीहरूका सामूहिक देवता 'बरदम' र 'भूइहार' हुन्, जसलाई चैत्र र भाद्रमा पूजा गर्नुपर्छ। यिनीहरूको मुख्य चाड 'माघी' हो, जुन माघ महिनाको सुरूको दिन १ गते मनाइन्छ।
वर्तमान अवस्थामा थारू जातिहरूको आर्थिक तथा सामाजिक स्तर जुन रूपमा हुनुपर्ने हो, त्यस्तो छैन। अधिकांश थारूहरू अरुको थिचोमिचो र शोषणमा परेको पाइन्छ। पश्चिम नेपालमा व्याप्त कमैया प्रथाबाट सबभन्दा बढी थारूहरू नै पीडित थिए। २०५७ साउन २ मा मुक्त गरिए पनि उनीहरूको अवस्थामा सुधार आएको छैन। अरुको घरमा छोरीहरूलाई काममा 'कमलरी' का रूपमा राख्ने चलन रोकिएको छैन। अन्य क्षेत्रमा पनि यिनीहरूले अपेक्षित प्रगति हासिल गर्न सकेका छैनन्। शिक्षा र चेतनाको स्तर बढ्दै गएकाले उनीहरूको अवस्थामा सुधार हुँदै आएको छ। गुरिया थारु।[7]
ऐतिहासिक रूपमा थारूलाई भूमी पुत्रको रूपमा लिइन्छ| थारू जातिको उत्पत्ति मिथ्या र मौखिक परम्पराले घेरिएको छ। राणा थारु राजपूत मूलका र थार मरुभूमिबाट नेपालको सुदूर पश्चिमी तराई क्षेत्रमा बसाईएको दाबी गर्छन्। राजपूत स्त्रीहरूसँग सम्बन्धित देखाइएको पाइन्छ। मुलसमानहरूले राजपूतमाथि आक्रमण गर्दा राजपूत महिलाहरू नोकर वा नौका सहित भागेर नेपाल आएको स्थानीय वासी थारूसंग विहे गरेको पाइन्छ।
पूर्वका थारुहरू कपिलवस्तुमा बसिरहेका शाक्य र कोलिया जातिको सन्तान भएको दाबी गर्छन्। अलबरुनीका अनुसार थारूहरू कम्तिमा १० औं शताब्दीदेखि पूर्वी तराईमा बसोबास गर्दै आएका छन् ।
ताबाकत-ए-नसिरीका अनुसार कामरुड (कामरूप) कोच, मेच र थारूको बसोबास थियो। भारतीय उपमहाद्वीपको शास्त्रीय कालखण्डको प्रारम्भिक राज्य कमरूप (जसलाई प्रगज्योतिषा वा प्रगज्योतिषा-कामरूपा पनि भनिन्छ) आसामको पहिलो ऐतिहासिक साम्राज्य (उत्तर भारत) थियो। वर्तमान गुवाहाटी, उत्तरी गुवाहाटी र तेजपुरमा कामदारले आफ्नो राजधानीबाट तीन राजवंशहरू द्वारा शासन गरेको, कामरुपाले यसको उचाइमा सम्पूर्ण ब्रह्मपुत्र उपत्यका, उत्तर बंगाल, भुटान र बंगलादेशको उत्तरी भागलाई समेट्यो, र कहिलेकाँही अहिले पश्चिम बंगाल र बिहारको अंश पनि छ। । मो. बख्तियार खिलजीले ११९९ ई. मा. कामरुपा राज्यको लागि खर्चमा उल्लेख गरे कि उनीहरू त्यहाँ कोच, मेच र थारू जनजातिको बसोबास गर्ने देश पार गरे जसको मंगोलोईड विशेषताहरूले मुहम्मदहरुमा छाप पारे।
केहि मानिसका अनुसार थारू शब्दको सीधा अर्थ हुन्छ "तराईका बासिन्दा"। जेसी नेसफील्डले कलकत्ता समीक्षामा लेखे(१८८५): “मूल शब्द 'थर' हो, जुन सबैभन्दा कम बोलचाल भाषामा (तर पुस्तकहरूमा नभई)" जंगलका मानिसहरू "भन्ने नाम दर्शाउँछ जसले नामलाई ध्यान दिएर कुलको स्थितिलाई वर्णन गर्दछ। [8]
पूर्वी भारतको आफ्नो पुस्तकमा बुच्ननले अक्सर सुनेका दाबीलाई खण्डन गरे कि थारू राजपूतहरूका सन्तानहरू हुन् जसलाई मुसलमान आक्रमणकारीहरूले राजस्थानबाट बेदखल गरेका थिए। “कुनै पनि मोसलेम इतिहासकारले यी घटनाहरूको सम्बन्धमा थारुहरूलाई संकेत गरेनन् (मोसलेले निष्कासन गरे)। तसर्थ, राजपूतानाबाट तराईमा बसाई सरेका कल्पनहरू आविष्कार केवल केही आफ्नै कुलले आफ्नै र आफ्नो छिमेकीको अनुमानमा बढाउनको लागि गरेको हुनुपर्छ। "[8]
"थारू र उनीहरूको रक्त समूह" शीर्षक भएको एक विश्लेषण जर्नल अफ रोयल एशियाटिक सोसाइटी बंगालमा पाइन्छ। लेखक डी.एन. मजुमदारका अनुसार थारू पक्कै मंगोलियन जाति हो। "उनीहरुलाई प्रान्त, ईन्दो-आर्यन वा अस्ट्रोलाइडको कुनै पनि जातिको नक्षत्रमा राख्न मिल्दैन" र राजपूत मूल सेरोलोजीको आधारमा समर्थित छैन। यसरी प्रमाणको आधारमा यो निष्कर्ष निकालिएको छ कि थारुहरू मंगोलियन मानिस हुन्, जसले गैर मंगोलियन शारीरिक बनावटहरू पनि सफलतापूर्वक आत्मसात (प्राप्त) गरेका छन।[3]
थारू तीराईको मलेरियाल भागमा बाँच्न सक्ने क्षमताको लागि प्रख्यात छन् जुन बाहिरी मानिसहरूलाई घातक थियो। समकालीन चिकित्सा अनुसन्धानले थारूको नजिकका अन्य जातीय समूहहरूसँग तुलना गरेको थियो भने थारुको बीचमा झन्डै सात गुणा कम मलेरिया भएको देखियो। अन्वेषकहरूले विश्वास गरे कि यति ठूलो भिन्नता आचरण वा आहार भिन्नताहरूको सट्टा आनुवंशिक कारकहरूतर्फ औंल्याए। थलोसीमियाका लागि जीन पत्ता लगाउने सबै थारूले अध्ययन गरेका अनुगमन अनुसन्धानबाट यो पुष्टि भयो।
थारु भाषा थारु समुदायमा बोलिने भाषा हो। यो भाषा अन्य भाषासँग मिल्दोजुल्दो हुन्छ। थारु भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। थारु जाति मा थारु भाषा कै प्रकार मानिने अन्य धेरै भाषाहरु छन ।जस्लाइ थारु भाषा वा सोनहा, कठरिया, दङ्गौरा वा कोचीला भाषा पनि भनिन्छ ।नेपालको पश्चिममा भु-भागमा यि भाषा बाहेक पूर्वी थारु समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारु भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मेलखाएको देखिन्छ तर थारु मुल भाषाबाट अरु भाषा विकास भएको पाइन्छ किनकि अरु थारु भाषाबाटै विकसीत भएको हुनाले सभ्य र परिस्क्रित छ थारु भाषामा अझै पनि पुरानै मौलिकता छ। थारु भाषामा अनैकौ प्राचिन रचनाहरु छन कथा कहानीको रूपमा यस्लाइ सङ्ग्रह गरीनुपर्ने अति आवश्यकता छ।
ढाँचा:थारु भाषा को इतिहास थारू भाषाको कुनै लिखित इतिहास नभए ता पनि यो भाषा धेरै पुरानो मानिन्छ र वुद्द प्राचिन पाली भाषासंग पनि जोडिन्छ प्राय भाषा पनि मिल्छ नेपालको तराई मा बोलिने प्रमुख भाषा हो थारु भाषाको विकास नेपालको लुम्विनी देवदह क्षेत्र प्राचिन शाक्य र कोलीय राज्यबाट विकास भएको मानिन्छ ।किनकि यस देवदह क्षेत्र वरिपरि बसोबास गर्ने थारु हरू अझ पनि पाइन्छ नेपालको पश्चिमि जिल्ला कैलाली कंचनपुर मा बसोबास गर्ने थारु जातिको एक उच्च स्थान भएको थारु राणा हाल थारुवाटबाट छुटीएको छ ।
यद्यपि उनीहरुको आफ्नै सटीक वर्गीकरण इन्डो-आर्यन भित्र पक्का छैन, थारू भाषाहरुको अवधी, मैथिली, बंगाली र भोजपुरी जस्ता छिमेकी भाषाहरु संग सतही समानता छ। निश्चित थारू घरहरूको कोश एक पुरातन, 'स्वदेशी' सब्सट्रमको सूचक हो, संभवतः चीन-तिब्बती वा ईन्डो-आर्यन बस्ती दुवैको भविष्यवाणी गर्दछ। थारू भाषाहरू इन्डो-आर्यनको सन्दर्भमा संक्रमणकालीन देखिन्छन् ।
थारू जातिको पुरोहितलाई 'गुरुवा' वा 'भर्रा' पनि भनिन्छ। थारूहरूको पारिवारिक र सामाजिक चाड पर्व मनाउँदा पुरोहितको ठूलो भूमिका हुन्छ। यिनीहरू 'देउरहार' भन्ने ईष्ट देवताको पूजा गर्छन्। बेहुली अन्माउँदा अन्य चीजको अतिरिक्त एउटा कचौरा पनि दिने गरिन्छ, जुन बेहुलीलाई अत्यन्तै दुःख पर्दा विषपान गर्न दिइएको हो भन्ने विश्वास गरिन्छ। थारूहरूको मृत्युसंस्कार ठाउँ अनुसार फरक-फरक पाइएको छ, पूर्वी तराईका थारूले लास जलाउँछन्। पश्चिम तराईका थारूहरूले गाड्छन्। लास गाड्दा पुरुषको भए घोप्टो पारेर र महिलाको भए उत्तानो पारेर गाडिन्छ। क्रिया गर्दा पूर्वका थारूले ब्राहृमण लगाउँछन् भने पश्चिमकाले भर्रा लगाउँछन्। परिश्रमी र इमान्दार थारू जातिको एक विशिष्ट पहिचान हो। उनीहरू सरल मिजासका मेहनती र इमान्दार हुन्छन्। खेतीपाती र पशुपालन नै मुख्य पेशा भए पनि आजकल व्यापार र नोकरी गर्न पनि थालेका छन्। यिनीहरूको ठूलो बस्ती भएको ठाउँलाई थरूवान, थरूहट वा थरोट पनि भनिन्छ। थारू जातिको एउटा मुख्य विशेषता संयुक्त परिवारको पनि हो। ३-४ पुस्तासम्मका थारू परिवारहरू एउटै संयुक्त परिवारमा रहेको र एउटै परिवारमा १ सय ५० जना सदस्य रहेको पनि पाउन सकिन्छ। खासगरी पश्चिम तराईका थारू जातिमा संयुक्त परिवारको अवधारणा व्याप्त छ। यसबाट खेती र पशुपालनजस्ता सामूहिक जीविका चलाउन सजिलो भएको छ।[9]
माघी, जितिया, दशैँ, दिया देवारी, हरेरी पुजा, पन्ध्र, खिचरा, होरी, सिरुवा, गुरही आदि।[10][11]
छुर,गुल्ली दन्दा,कबद्दी, बल्हा, छत्कना ,
नुक्का शान्धी, घर सतौवर, गोब्बी, तिप्पुर
थारू जातिका सखियामादल, झुमरी मादल, कारा, टिम्की, ठेकारा, बौसी, मजैरा, मनार, मुरली, तमौरा, रेउनी, ढ्वाल, डफा, झर्रा, नारा, झाइल, पिपही, पिङरी, पिलरू,बसिया-माटोको बाजा, चट्कौली, कस्टार, डिग्री दफ मुख्य बाजाहरू हुन्।[12] वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०१ मिति
नेपालका थारू मानिसहरुसँग "बगिया" वा "ढिक्री" र "गोंघी" (पानीको निकायमा फेला पारिने खाद्य घोंघा) जस्तो फरक र विशेष खाद्यान्न वस्तुहरू छन्। "ढिक्री" धानको पीठोबाट बनेको छ। चामलको पीठोको पिठोलाई विभिन्न आकारहरू दिइन्छ - धेरै टाँसिएको जस्तो हुन्छ तर केहि चराहरू, माछाहरू र जनावरहरूको आकार पनि दिइन्छ। यो स्टीम माथि पकाइन्छ र चटनी वा करी संगै खाइन्छ। घोंघी रातभरमै छोडिन्छ जसले गर्दा सबै भित्रका गुईहरू बाहिर आउँछन्। तिनीहरूको पुच्छरको छेउ काटियो ताकि खोलबाट मासु बाहिर निकाल्न सजिलो होस्। तिनीहरूलाई उमालेर पकाइन्छ र पछि तरकारी जस्तो पनी मसाला थपेर धनिया, खोर्सानी, लसुन र प्याज। थारुहरु मुसा गंगटो जस्ता परिकार पनि खाने चलन छ।[13][14]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.