जोर्डनको राजधानी From Wikipedia, the free encyclopedia
अम्मान (अङ्ग्रेजी: /ɑːˈmɑːn/; अरबी: عمّان ʻammān उच्चारण [ʕamːaːn]) जोर्डनको राजधानी, र देशको आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो ।[4] उत्तर-मध्य जोर्डनमा स्थित अम्मान, अम्मान राज्यपालको प्रशासनिक केन्द्र हो । शहरमा ४०,०७,५२६ जनसङ्ख्या र १,६८० वर्ग किलोमिटर (६४८.७ वर्ग माइल) भूमि क्षेत्र छ ।[5] आज, अम्मान पश्चिमी शहरहरू मध्ये सबै भन्दा उदारवादी शहर मानिन्छ । यो क्षेत्र विशेष गरी अरबी र युरोपियन पर्यटकहरू को एक प्रमुख पर्यटकीय स्थल हो ।[6]
अम्मान
عمّان | |
---|---|
उपनामहरू: | |
देश | जोर्डन |
गवर्नोरेट | अम्मान राज्यपाल |
स्थापित | ७२५० बी.सी. |
नगरपालिका | १९०९ |
सरकार | |
• मेयर | यूसेफ शावरबे (उप-मेयर)[3] |
क्षेत्रफल | |
• जम्मा | १,६८० किमी२ (६५० वर्ग माइल) |
उच्चतम उचाई | १,१०० मिटर (३६०० फिट) |
न्यूनतम उचाई | ७०० मिटर (२३०० फिट) |
जनसङ्ख्या (२०१६) | |
• जम्मा | ४,००७,५२६ |
• घनत्व | २४००/किमी२ (६२००/वर्ग माइल) |
वासिन्दा | अम्मानी |
समय क्षेत्र | युटिसी+२ (जोर्डन) |
• ग्रीष्म (डिएसटी) | युटिसी+३ (जोर्डन) |
हुलाक कोड | ११११०-१७१९८ |
क्षेत्रीय सङ्केत | +९६२(६) |
वेबसाइट | ग्रेटर अम्मान नगरपालिका |
यस क्षेत्र मा मानव बस्ती को पुराना प्रमाण एक निओलिथिक साइटको ऐन घजल हो । यसको उत्तराधिकारी रब्बाथ अम्मोन को नामले चिनिन्थ्यो, जुन अम्मोनहरू को राजधानी थियो, त्यस पछि फिलाडेल्फिया र अन्तिम उत्तराधिकारी अम्मान भयो ।[7] अम्मान लाई सुरूमा सात पहाडहरूमा निर्माण गरिएको थियो तर अब २७ जिल्लाहरू का साथ १९ वटा भन्दा धेरै पहाडहरूमा फैलिएको छ ।[7] जुन उनको मेयर यूसेफ अल-शावरबेको नेतृत्वमा ग्रेटर अम्मान नगरपालिका द्वारा प्रशासित हुन्छ ।[8] अम्मान को क्षेत्र या त पहाड (जाबाल) या उपत्यका (वाडी)बाट अफ्नो नाम प्राप्त गरेका हुन् ।[7] पूर्वी अम्मान मुख्यतः ऐतिहासिक स्थलहरूबाट भरिएको छ । जसलाई अक्सर सांस्कृतिक गतिविधिको मेजबानी गरिन्छ । जबकि पश्चिम अम्मान अधिक आधुनिक छ र शहरको आर्थिक केन्द्रको रूपमा कार्य गर्दछ ।[9]
२०१४ मा लगभग २० लाख आगन्तुक अम्मानमा आइपुगे । यसलाई संसारमा ९३ आैं सबै भन्दा धेरै भ्रमण गरिएको शहर घोषित गरियो । अम्मान त्यसै वर्ष ५ औँ सबै भन्दा ठूलो अरब शहर बन्यो ।[10] अम्मान मा अपेक्षाकृत तेजीले बढ्दो अर्थव्यवस्था छ ।[11] यो वैश्विक शहर सूचकांक को बीटा-स्थान मा छ ।[12] यसको अलावा, यो आर्थिक, श्रम, पर्यावरण, र सामाजिक-सांस्कृतिक कारक अनुसार मध्य पूर्व र उत्तर अफ्रिकाको सबैभन्दा राम्रो शहरहरू मध्ये एक हो ।[13] यो शहर अरब संसारको सबैभन्दा लोकप्रिय स्थानहरूमा क्षेत्रीय कार्यालयहरू स्थापित गर्न को लागि दोहा र दुबई पछि गनिन्छ । अर्को १० वर्षमा यी तीनवटा शहरहरूले बहुराष्ट्रीय गतिविधिका क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा कब्जा गर्ने आशा गरिएको छ ।[14]
अम्मानले आफ्नो नाम ईसा पूर्व १३ औँ शताब्दीबाट प्राप्त भयो । अम्मोनहरूले यसलाई "रब्बाथ अम्मोन"बाट लिएका हुन् । जहाँ "रब्बाथ" शब्दको अर्थ राजधानी वा राजाको दरबार हुन्छ । समयको साथ-साथै "रब्बाथ" शब्द प्रयोग गरिएको थिएन र शहर "अम्मोन" को रूपमा चिनिन थाल्यो । शहर विजय गरेका नयाँ सभ्यताहरूको प्रभावले बिस्तारै-बिस्तारै "रब्बाथ अम्मान" लाई अम्मान नाम मा परिवर्तन भयो ।[15]
|
|
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.