भारतीय चलचित्र अभिनेता र निर्माता From Wikipedia, the free encyclopedia
अक्किनेनी नागार्जुन (जन्म: सन् १९५९ अगस्ट २९) एक अभिनेता, निर्माता, टेलिभिजन प्रस्तुतकर्ता र उद्यमी हुन् जसले मुख्यतया तेलुगु भाषाका चलचित्रहरूमा काम गर्छन्। उनले केही हिन्दी र तमिल भाषाका चलचित्रहरूमा पनि काम गरिसकेका छन्। उनले नौ राज्य नन्दी पुरस्कार, तीन चलचित्रफेयर पुरस्कार दक्षिण र एक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन्।
अक्किनेनी नागार्जुन Akkineni Nagarjuna | |
---|---|
![]() मार्च, २०१५ मा हैदराबादमा एफ १ शो रनमा अभिनेता नागार्जुन | |
जन्म | [1] चेन्नई, तमिलनाडु, भारत | २९ अगस्ट १९५७
वासस्थान | फिल्म नगर, हैदराबाद, भारत |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | ईस्टर्न मिशिगन युनिभर्सिटी |
पेशा | अभिनेता, निर्माता, व्यावसायी, परोपकारी |
कार्यकाल | १९८६–वर्तमान |
जीवनसाथी |
|
सन्तान | अक्किनेनी नागा चैतन्य अक्किनेनी अखिल |
मातापिता | अक्किनेनी नागेशवर राव अक्किनेनी अन्नपूर्ण |
आफन्त | दग्गुबाती-अक्किनेनी परिवार हेर्नुस् |
नागार्जुनले १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन्। उनी जीवनी चलचित्रहरूमा कामका लागि परिचित छन्। उनले सन् १९९७ को चलचित्र 'अन्नामय्या'मा १५औँ शताब्दीका सङ्गीतकार अन्नमाचार्य, सन् २००२ को चलचित्र 'अग्नि वर्षा'मा 'यवक्री' (तपस्वी भारद्वाजका छोरा), सन् २००३ को 'एलओसी: कारगिल' चलचित्रमा मेजर पद्मपानी आचार्य, सन् २००६ को चलचित्र 'श्री रामादासु'मा १७औँ शताब्दीका सङ्गीतकार कन्चेरा गोपन्ना, सन् २०११ को चलचित्र 'राजन्ना'मा सुदला हन्मान्थु, सन् २०१२ को चलचित्र 'शिरडी साई'मा शिरडीको साई बाबा, सन् २०१३ चलचित्र 'जगतगुरु'मा आदि शङ्करा, र सन् २०१७ को चलचित्र 'ओम नमो वेंकटेशया'मा हथिराम भावजीको भूमिका खेलेका थिए।[2]
सन् १९८९ मा उनले मणि रत्नम निर्देशित रोमान्टिक नाट्य चलचित्र 'गीताञ्जली'मा अभिनय गरेका थिए जसले उनलाई उत्तम लोकप्रिय चलचित्र प्रदायक प्रदान गर्ने सम्पूर्ण मनोरञ्जनको लागि राष्ट्रिय चलचित्र पुरस्कार जिताएको थियो।[3] सन् १९९० मा उनले 'शिव'को हिन्दी रिमेकबाट बलिउड चलचित्र क्षेत्रमा पदार्पण गरेका थिए। सन् १९९८ मा उनले ऐतिहासिक चलचित्र 'अन्नामय्या'मा अभिनयका लागि राष्ट्रिय चलचित्र पुरस्कार-विशेष उल्लेख प्राप्त गरेका थिए।
सन् २०१३ मा उनले दिल्ली चलचित्र महोत्सवको १०० वर्षको भारतीय सिनेमा उत्सवमा दक्षिण भारतको सिनेमाको प्रतिनिधित्व गरे थिए भने रमेश सिप्पी र विशाल भारद्वाजले बलिउडको प्रतिनिधित्व गरेका थिए।[4][5][6][7]
अक्किनेनी नागार्जुन सन् १९५९ अगस्त २९ मा मद्रास (वर्तमान चेन्नई) मा जन्म भएको थियो।[8] उनी दिग्गज अभिनेता अक्किनेनी नागेश्वर राव र अन्नपूर्णाका छोरा हुन्। उनको परिवार चेन्नईबाट हैदराबाद बसाई सरेको थियो जहाँ उनले हैदराबाद पब्लिक स्कुल र लिटिल फ्लावर जुनियर कलेजमा अध्ययन गरेका थिए। उनले मद्रासको इन्जिनियरिङ कलेजबाट आफ्नो इन्जिनियरिङ विषयको एक वर्ष पूरा गरेका थिए।[9]उनले आफ्नो बिएस इस्टर्न मिसिगन युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङको डिग्री प्राप्त गरेका छन्।[10][11]
Seamless Wikipedia browsing. On steroids.