अनलाइन सामाजिक सञ्जाल सेवा From Wikipedia, the free encyclopedia
फेसबुक (अङ्ग्रेजी: Facebook) एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्। यसका अतिरिक्त प्रयोगकर्ताको सहर, विद्यालय, कलेज या कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल हुन सक्छन्। आफनो फेसबुक प्रयोगकर्ता पृष्ठको 'वाल' वा 'टाइमलाइन'मा प्रयोगकर्ताले आफनो दैनिकी वा विविध विषय साथीहरू माझ बाँड्न समेत सक्छन्। प्रयोगकर्ताहरूले बढीमा ५,००० जना साथी आफ्नो खातामा जोड्न सक्छन्। फेसबुकद्वारा प्रदान गरिएको फेसबुक पृष्ठ नामक विशेष सेवा प्रयोग गरेर चर्चित व्यक्ति, कलाकारहरू आफ्ना प्रशंसकहरूसँग अन्तरक्रिया पनि गर्न सकिन्छ। फेसबुकमा अहिले एकअर्कासँग सन्देश वार्तालाप, भिडियो वार्तालाप, सामूहिक वार्तालाप र गीत सुन्ने जस्ता सुविधाहरू थप गरिएका छन्। फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ताको उमेर कम्तिमा १३ वर्षको हुनुपर्ने नियम रहेको छ साथै इमेलबाट फेसबुक खातालाई सक्रिय बनाइने भएकाले प्रयोगकर्तासँग निजी इमेल खाता हुनुपर्दछ, इमेल नभए आफ्नो फोन नम्बर राखेर पनि खाता खोल्न सकिन्छ। फेसबुक चलाउन मन नलागेमा आफ्नो खाता निस्कृय पनि बनाउन सकिन्छ। खाता निस्कृय बनाइसकेपछि तत्कालका लागि फेसबुक खातामा कसैले टिप्पणी, पोस्टलाई लाइक र वालमा लेख्न सक्दैन, तर स्थायीरूपमा भने खाता मेटिदैन र पछि सक्रिय बनाएपछि सबै सूचनाहरू प्राप्त समेत गर्न सकिन्छ। फेसबुकको मुख्य विवादको कुरा यसको गोपनीयताको रहेको छ। यो वेबसाइटको नामको उद्गम भने विश्वविद्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो, जुन नयाँ शत्र सुरु हुने बेला सबै विद्यार्थीहरूलाई दिने गरिन्थ्यो।
साइटको प्रकार | सामजिक सञ्जाल सेवा प्रकाशक |
---|---|
उपलब्ध भाषा | बहुभाषिक (१४०) |
सेवा क्षेत्र | अमेरिका (२००४-वर्तमान) विश्वव्यापी, निषेधित राष्ट्र वाहेक (२००५-वर्तमान) |
अभिभावक | फेसबुक निगम |
युआरएल | फेसबुक.कम (अल्त: एफबी.कम) |
अलेक्सा क्रम | ४ (जनवरी २०२०[उद्यतन])[१] |
दर्ता | आवश्यक |
प्रयोगकर्ताहरू | २४ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ता (सेप्टेम्बर २०१९ अनुसार[उद्यतन][२] |
चालु भएको मिति | फेब्रुअरी ४, २००४ |
वर्तमान स्थिति | सक्रिय |
लेखिएको भाषा | सी++, पिएचपी (एचएचभिएम), डी |
[३][४][५][६][७] |
सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने सहपाठी साथीहरू, जो कम्प्युटर विज्ञानका विद्यार्थीहरू थिए: एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित रहेपनि पछि बोस्टन क्षेत्रको आइभी लिग र स्ट्यानफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो।
फेसबुकमा झन्डै ५०,००,००,००० (पचास करोड) जनाले एकाउन्ट खोलिसकेका छन् । [८] सन् २००९ को जनवरीमा Complete.com ले गरेको सर्वेक्षणमा फेसबुक विश्वकै बढी प्रयोग हुने सामाजिक सञ्जालको रूपमा रहेको छ। comScore को अप्रिल २००८ को प्रतिवेदन अनुसार फेसबुक सबैभन्दा बढी चलाईने वेभसाइटको रूपमा रहेको छ। Alexa का अनुसार यो विश्वको दोस्रो बढी मानिसले चलाउने साईटमा रहेको छ। फेसबुकलाई सन २००७मा PC Magazineको "Top १०० Classic Websites" (उत्कृष्ट १०० वेभसाटटहरू)मा सामेल गरिएको थियो र सन २००८ मा वेबी अवार्ड्सले "People's Voice Award" प्रदान गर्यो । सन २००६मा विद्यार्थीहरू माझ गरिएको अध्ययनमा फेसबुक चलाउनेको सख्या धेरै संख्यामा पाईएको थियो ।
सन २०१० नोभेम्बर १५का दिन फेसबुकका प्रमूख कार्यकारी अधिकृत अर्थात् सि.ई.ओ.जुकरबर्गले'फेसबुक मेसेज' सुविधा ल्याउने कुरा सार्वजनिक गरे । उनले एक पत्रकार सम्मेलनमा अब फेसबुक प्रयोगकर्ताहरू @facebook.com राखेर इमेल खोल्न सक्ने बताएका छन्। कतिले भने 'फेसबुक मेसेज' लाई 'जि-मेल किलर'को संज्ञा समेत दिएका छन्। 'प्रोजेक्ट टाइटान'को कोडनाममा बनाईएको 'फेसबुक मेसेज'लाई पूर्णरूपमा बनाउन भने १५ महिना लाग्ने बताईएको छ।
फेसबुकमा पैगम्बर मोहम्मदको आपत्तिजनक कार्टून तस्बीर बनाउने प्रतियोगितामा ईस्लामी धार्मिक भावनामा ठेस पुगेकाले यसलाई पाकिस्तानमा एकताका प्रतिबन्ध लगाईएको थियो। पछि ३१ मे, २०१०मा यस सम्बन्धित पृष्ठ र ब्लगलाई प्रतिबन्ध लगाईएको छ। स्रोतहरूका अनुसार यसलाई पाकिस्तान लगायत कतिपय ठाउँहरूमा प्रतिबन्ध समेत लगाईएको पाईन्छ । फेसबुकलाई चीन, भियतनाम, ईरान, साउदी अरेविया, बङ्गलादेश, सिरिया, उज्वेकिस्तानका धेरै क्षेत्रहरूमा सेनसरसिप लगाइएको छ। त्यस्तै विभिन्न संघसंस्थाहरूमा आफ्ना कमदारहरू केवल काममा मात्र ध्यान देऊन् भनेर आफ्नो नेटवर्कमा सेन्सरशीप लगाईएको छ। तथापि यश संजाललाई विश्वमा बहुसंख्यक प्रयोगकर्ताले मन पराउने गर्दछन् ।
सामाजिक संजाल फेसबुकलाई अल कायदा जस्ता आतंकवादी संस्थाले प्रयोग गरेको सन्दर्भ सहितको मूख्य एजेन्डा लिएर यसै वर्षको डिसेम्बर भित्र वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्सको बैठक नेपालमा बस्ने समाचारहरू सुन्नमा आएको छ। डच राजधानी एमस्टर्डममा भएको अलायन्स अफ प्रेस काउन्सिल्सको १२ वार्षिक साधारण सभा पछि उक्त जानकारी दिइएको हो । फेसबुकलाई अहिलेसम्म कसैको निगरानीमा राखिएको छैन । [९] फेसबु लगायत अन्य सामाजिक सञ्जाहलरूको बढ्दो दुरुपयोगका कारण नेपाल सरकारले नेपालमा फेसबुकमा प्रतिबन्द लगाउने भनि बिधेयक बनाएको छ । यदी फेसबुक लगायतका सामाजिक सञ्जालहरूलाई नेपाल सरकारमा दर्ता गराएर नेपालमा कार्यालय बनाइए मात्र नेपालमा फेसबुक लगातका सामाजिक सञ्जालहरू प्रयोग गर्न पाइने र अन्यथा फेसबुक लगायत टुइटर, इन्स्टाग्राम आदी सामाजिक सञ्जाललाई नेपालमा प्रयोग गर्न नपाइने बिधेयक बनाइएको छ । यदी यो बिधेयक पारित भएमा नेपालमा फेसबुक माथी पूर्णतया रोक लगाइने छ । फेसबुकको मुख्य कार्यालयलाई पनि नेपाल सरकारले यो बारेमा चेतावनी सहित पत्र पठाएको छ ।[१०]
फेसबुकले प्रयोगकर्ताहरूको अमुल्य समय त बर्बाद पार्छ नै यसका साथै यो चुरोट,खैनी जस्ता हानिकारक अमलहरू जत्तिकै हानिकारक भएको कुरा विज्ञहरू बताउँछन् । प्रयोगकर्ताहरूका लागि यो एक नसा जस्तै हुन्छ ।[११]
फेसबुकको महत्त्व र मापनले धेरै डोमेनहरूमा आलोचना निम्त्याएको छ। मुद्दाहरूमा इन्टरनेट गोपनीयता, प्रयोगकर्ता जानकारीको अत्यधिक प्रतिधारण,[१२]यसको अनुहार पहिचान सफ्टवेयर,[१३][१४]यसको लत गुण[१५] र कार्यस्थलमा यसको भूमिका, कर्मचारी खाताहरूमा रोजगारदाता पहुँच सहित।[१६]
फेसबुकमा ईर्ष्याको भावना सहित मनोवैज्ञानिक प्रभावहरू भएको आरोप छ[१७][१८] र तनाव,[१९][२०]ध्यान अभाव[२१] र सामाजिक मिडिया लत।[२२][२३]
युरोपेली एन्टिस्ट ट्रस्ट नियामक मार्ग्रेथ भेस्टेगर ले निजी डेटासँग सम्बन्धित फेसबुकको सेवा सर्तहरू "असंतुलित" रहेको बतायो।[२४]
बिजुली प्रयोगको लागि फेसबुक आलोचना गरिएको छ,[२५] कर बचाउनु,[२६]वास्तविक नाम प्रयोगकर्ता आवश्यकता नीतिहरू,[२७]सेन्सरशिप[२८][२९] र संयुक्त राज्य अमेरिकामा यसको संलग्नता PRISM निगरानी कार्यक्रम छ।[३०]
प्रयोगकर्तालाई अवैध र / वा आपत्तिजनक सामग्री प्रकाशित गर्न अनुमति दिँदा फेसबुक आलोचना गरिएको छ। विशेष समावेश प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्ति उल्लङ्घन,[३१] घृणायुक्त भाषण,[३२][३३] बलात्कार को उत्तेजित[३४]र आतंकवाद,[३५][३६]नकली समाचार,[३७][३८][३९] र अपराध, हत्या र प्रत्यक्ष हिंसा घटनाहरू।[४०][४१][४२]
एक्सप्रेस ट्रिब्यून का अनुसार, फेसबुकले "अफशोर कम्पनीहरू प्रयोग गरेर करोडौं डलर प्रयोग गर्नबाट रोके"।[४३]
श्रीलंकाले मे २०१९ मा मुस्लिम विरोधी दंगे पछि फेसबुक र व्हाट्सएप दुबैलाई रोक्यो, जुन इस्टर आइतवार बम विस्फोट पछि एकै बर्ष श्रीलंकामा शान्ति कायम गर्नका लागि अस्थायी उपायको रूपमा भएको देशको सबैभन्दा खराब हो।[४४][४५]
फेसबुकले ३&nsb;बिलियन २०१८ को अन्तिम क्वार्टर र २०१९ को पहिलो क्वाटरमा मात्र नक्कली खाताहरू हटायो।[४६] सामाजिक नेटवर्कले मात्र २.३९ अर्ब मासिक सक्रिय उपयोगकर्ता रिपोर्ट गरेको खण्डमा यो एक बेतहाताको उच्च संख्याको रूपमा लिइन्छ।[४६]
जुलाई २०१९ को अन्तमा, कम्पनीले घोषणा गर्यो कि यो विश्वास सम्बन्धी अनुसन्धान अन्तर्गत संघीय व्यापार आयोग बाट छ।[४७]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.