ह्यालिकार्नाससको मौसोलियम
From Wikipedia, the free encyclopedia
ह्यालिकार्नाससको मौसोलियम वा माउसोलसको चिहान प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो वर्तमान टर्कीमा रहेको थियो। यस चिहानको निर्माण इसापूर्व ३५३ देखि ३५० को बीचमा गरिएको थियो। यस चिहानको शिल्पकार भनेर स्याटिरोस र पिथुस अफ प्रिनलाई चिनिन्छ।[1][2] यो माउसेलियम लगभग ४५ मिटर (१४८ फिट) अग्लो रहेको थियो र यसको चारैतिर मूर्तिहरू रहेका थिए। प्रत्येक एक मूर्ति युनानी महान शिल्पकारहरूले बनाएका थिए। यसको सौन्दर्यताले यसलाई विश्वका सात आश्चर्यहरूको सूचिमा स्थान दिएको थियो। १२ शताब्दीदेखि १५ शताब्दीको बीचमा आएको पटक पटकको भूकम्पले गर्दा यसको विनाश भएको थियो।[3]
छरितो तथ्यहरू ह्यालिकार्नाससको मौसोलियम, सामान्य विवरण ...
ह्यालिकार्नाससको मौसोलियम | |
---|---|
सामान्य विवरण | |
प्रकार | समाधि |
वास्तुकलाको ढाँचा | शास्त्रीय |
स्थान | बोड्रम, टर्की |
निर्देशाङ्क | ३७°०२′१६″N २७°२५′२७″E |
सम्पन्न | इसा पूर्व ३५३ पछि |
नष्ट गरिएको | १२ शताब्दीदेखि सन् १४०२ को बीचमा |
ग्राहक | माउसोलस र कारियाको आर्टेमिसिया दोस्रो |
उचाइ | लगभग ४५ मिटर |
योजना तथा निर्माण | |
वास्तुकार | स्याटिरोस तथा पिथुस अफ प्रिन |
बन्द गर्नुहोस्