![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/13/Kathmandu_deputy_mayor_sunita_dangol.jpg/640px-Kathmandu_deputy_mayor_sunita_dangol.jpg&w=640&q=50)
सुनिता डङ्गोल
काठमाडौँ महानगरपालिकाको उपप्रमुख / From Wikipedia, the free encyclopedia
सुनिता डङ्गोल एक नेवा: सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता र राजनीतिज्ञ हुन्। उनी २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाको उपमेयरमा विजयी भएकी हुन्।[1] सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन्, भने अन्तिम समयमा उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो।
छरितो तथ्यहरू उपमेयरसुनिता डङ्गोल, १४औं काठमाडौँको उपप्रमुख ...
सुनिता डङ्गोल | |
---|---|
![]() | |
१४औं काठमाडौँको उपप्रमुख | |
पद बहाली १२ जेठ २०७९ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
प्रधानमन्त्री | शेरबहादुर देउवा पुष्पकमल दाहाल |
सहायक | बालेन शाह (नगरप्रमुख) |
पूर्वाधिकारी | हरी प्रभा खड्गी |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. २०५० जेठ ५ सन् (1993-05-18) १८ मे १९९३ (उमेर ३१) काठमाडौँ, नेपाल |
नागरिकता | नेपाल |
राजनीतिक दल | नेकपा (एमाले) |
अभिभावक | सतु डङ्गोल (बुवा) सङ्गीता डङ्गोल (आमा) |
पेशा | नेवा: सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ता |
बन्द गर्नुहोस्
उनी सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल भएकी थिइन्।[2]