![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/e/ea/Flag_of_Kathmandu%252C_Nepal.svg/langne-640px-Flag_of_Kathmandu%252C_Nepal.svg.png&w=640&q=50)
काठमाडौँको नगर प्रमुख
From Wikipedia, the free encyclopedia
काठमाडौँको नगर प्रमुख काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको प्रमुख हुन्। नगर प्रमुख पाँच वर्षको अवधिको लागि निर्वाचित हुन्छ र बढीमा दुई कार्यकाल सेवा गर्न सीमित हुन्छ। यो भूमिका पहिलो पटक राणा शासनकालमा वि.सं. १९७६ मा सिर्जना भएको थियो।[2] काठमाडौँको वर्तमान नगर प्रमुख बालेन्द्र शाह हुन्। उनी वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए र वि.सं. २०७९ जेठ १६ मा पदभार ग्रहण गरेका थिए।[3]
छरितो तथ्यहरू काठमाडौँको महानगरपालिकाको नगर प्रमुख, प्रकार ...
काठमाडौँको महानगरपालिकाको नगर प्रमुख | |
---|---|
काठमाडौँको महानगरपालिकाका नगर प्रमुख | |
![]() काठमाडौँको झण्डा | |
प्रकार | कार्यकारी प्रमुख |
आसन | नगर कार्यपालिकाको कार्यालय, काठमाडौँ |
नियुक्तिकर्ता | काठमाडौँको मतदाता |
अवधि | पाँच वर्ष, एकपटक नवीकरण |
गठन साधन | नेपालको संविधान |
प्रथम पदाधिकारी | सिंह शमशेर |
गठन | वि.सं. १९७६ |
अनौपचारिक नामहरू | काठमेयर |
उप | काठमाडौँ महानगरपालिकाको नगर उप-प्रमुख |
तलब | रु ४६,०००[1] |
वेबसाइट | kathmandu |
बन्द गर्नुहोस्
काठमाडौँ महानगरपालिकाले काठमाडौँको सहरको व्यवस्थापन गर्छ र नगर प्रमुखलाई काठमाडौँको ३२ वडाका वडा अध्यक्षहरू रहेको नगर कार्यपालिकाले समर्थन गर्ने गर्दछ।[4]