सरा लारसन
From Wikipedia, the free encyclopedia
सरा मेरी लारसन[1] (स्वीडेनी: [ˈsɑ̂ːra ˈlɑ̌ːʂɔn] ( सुन्नुहोस्); जन्म १६ डिसेम्बर १९९७) एक स्विडेनी गायिक तथा गीतकार हुन्।[2] दश वर्षको उमेरमा लारसनले स्विडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्विडेनी संस्करण तलाङ जित्दै उक्त उपाधि हात पारेकी थिइन्।[3] त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो गिती सङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त गिती सङ्ग्रह स्विडेन र डेनमार्क र नर्वेका आधिकारिक तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो।[4] सन् २०१३ फेब्रुअरीमा उक्त गिती सङ्ग्रहले युनिभर्सल स्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत प्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त गिती सङ्ग्रहलाई स्विडेनको आधिकारिक साङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको युइएफए युरोमा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।[5]
सरा लारसन Zara Larsson | |
---|---|
जन्म | सरा मेरी लारसन[1] (1997-12-16) १६ डिसेम्बर १९९७ (उमेर २६) सोल्ना, स्विडेन |
पेशा |
|
कार्यकाल | सन् २००८–वर्तमान |
पुरस्कार | पूर्ण सूची |
साङ्गीतिक जीवन | |
विधा | |
वाद्ययन्त्र | गायन |
लेबल |
|
वेबसाइट | zaralarssonofficial zaralarsson |
पहिलो गिती सङ्ग्रह सार्वजनिक भएको चार वर्ष पछि लारसनले १७ मार्च २०१७ मा "सो गुड" नामक अर्को गिती सङ्ग्रह विश्वव्यापी रूपमा सार्वजनिक गराएकी थिइन् जुन संयुक्त अधिराज्यको आधिकारिक साङ्गीतिक तालिका कम्पनीमा शीर्ष ७ मा आउन सफल भएको थियो।[6] यस गिती सङ्ग्रहमा आठ एकल गीतहरू समावेश गरिएको छ जसमा "लस्ट लाइफ", नेभर फरगेट यु", एन्ट माई फल्ट", आइ उड लाइक", "सो गुड", डन्ट लेट मि बि योर्स" र "सिम्फोनी" गीत उनले क्लिन बान्डिटसँग साझेदारी गर्दै सार्वजनिक गरेकी थिइन्। उनको यस गिती सङ्ग्रहमा रहेका लगभग सबै गीतहरू संयुक अधिराज्यको आधिकारिक तालिका कम्पनीमा शीर्ष १५ भित्र परेका छन्।[7] "नेभर फरगेट यु" बोलको गीत अमेरिकी बिलबोर्ड हट १०० चार्टको १३अौँ स्थानमा आउन सफल भएको थियो र त्यस्तैगरि "सिम्फोनी" संयुक्त अधिराज्यको तालिकाका केही हप्ताका लागि शीर्ष स्थानमा रहेको थियो जुन लरसनको शीर्ष स्थानमा आउने पहिलो गीत थियो।