![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/b/b7/PSLV-CA_1.jpg/640px-PSLV-CA_1.jpg&w=640&q=50)
श्रीहरिकोटा
From Wikipedia, the free encyclopedia
श्रीहरिकोटा (तेलगु: శ్రీహరికోట) भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटमा अवस्थित एउटा टापु हो। भारतको एउटामात्र उपग्रह प्रक्षेपण केन्द्र सतिश धवन अन्तरिक्ष केन्द्र रहेको छ। यस प्रक्षेपण केन्द्रलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनद्वारा प्रयोग गर्ने गरिन्छ जहाँबाट विशेष किसिमको रकेट जस्तै ध्रुवीय उपग्रह प्रक्षेपण यानहरूलाई प्रक्षेपित गर्ने गरिन्छ।[1] श्रीहरिकोटामा रहेको पुलीकट तालके बङ्गालको खाडीले छुट्टयाएको छ। यो आन्ध्र प्रदेशमा नेल्लोर जिल्लामा रहेको छ। यसको नजिकको सहर सुल्लुर्पेता हो। चेन्नईबाट यसको दुरी ८० किलोमीटर (५० माईल) छ।
छरितो तथ्यहरू श्रीहरिकोटा శ్రీహరికోటSriharikota, देश ...
श्रीहरिकोटा
శ్రీహరికోట Sriharikota | |
---|---|
सहर | |
![]() पीएसएलभी-सी८ रकेट श्रीहरिकोटाबाट प्रक्षेपण गरिंदै | |
देश | भारत |
राज्य | आन्ध्र प्रदेश |
जिल्ला | नेल्लोर जिल्ला |
भाषाहरू | |
• आधिकारिक | तेलगु |
समय क्षेत्र | युटिसी+५:३० (IST) |
पिन | ५२४१२४ |
सवारी दर्ता | एपी |
मौसम | उष्ण चिसो र सुष्क (कोप्पेन) |
बन्द गर्नुहोस्