भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
From Wikipedia, the free encyclopedia
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (अङ्ग्रेजी संक्षिप्त: इसरो) भारतको राष्ट्रिय अन्तरिक्ष संस्थान हो जसको मुख्यालय कर्नाटक राज्यको राजधानी बेङ्गलोरमा रहेको छ । संस्थानमा लगभग १७,००० कर्मचारी तथा वैज्ञानिक कार्यरत छन् । संस्थानको मुख्य कार्य भारतको लागि अन्तरिक्ष सम्बन्धि प्रविधि उपलब्ध गराउने हो । अन्तरिक्ष कार्यक्रमको मुख्य उद्देश्यहरूमा उपग्रहहरू, यान,रकेट र भू-प्रणालीहरूको विकास सामेल छ ।
छरितो तथ्यहरू संक्षिप्त रूप, मालिक ...
संक्षिप्त रूप | इसरो |
---|---|
मालिक | भारत |
स्थापित | 15 अगस्ट 1969; ५४ वर्ष पहिले (1969-०८-15) (इनकोस्परलाई हटाएर) |
मुख्यालय | बेंगलुरू, भारत |
प्राथमिक अंतरिक्ष बंदरगाह | सतिश धवन अन्तरिक्ष केन्द्र, श्रीहरिकोटा, आन्ध्र प्रदेश |
आदर्श वाक्य | मानव जातिको सेवामा अन्तरिक्ष प्रविधि |
प्रशासक | एस सोमनाथ , निर्देशक |
बजेट | ₹६७.९२ बिलियन (युएस$९५० मिलियन) (२०१३-१४)[1][2] |
वेबसाइट | www |
बन्द गर्नुहोस्
इसरोको वर्तमान निर्देशक एस सोमनाथ हुन् । आज भारतले आफ्नो लागि मात्रै नभएर पुरै विश्वको लागि अन्तरिक्ष सम्बन्धी आवश्यकताहरूलाई पूर्ति गर्न सक्षम रहेको छ । यसले आफ्नो स्तरबाट बिश्वका अन्य देशहरूलाई सहयोग गर्दै आएको छ ।