![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/1/19/Meister_der_Bh%25C3%25A2gavata-Pur%25C3%25A2na-Handschrift_001.jpg/640px-Meister_der_Bh%25C3%25A2gavata-Pur%25C3%25A2na-Handschrift_001.jpg&w=640&q=50)
श्रीमद्भागवत् पुराण
From Wikipedia, the free encyclopedia
भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रूपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत सङ्ग्रह छन्। [1]
![]() गीताप्रेस गोरखपुरको आवरण पृष्ठ | |
लेखक | वेदव्यास |
---|---|
देश | भारत |
भाषा | संस्कृत |
संस्करण | पुराण |
विषय | श्रीकृष्ण भक्ति |
प्रकार | प्रमुख वैष्णव ग्रन्थ |
पृष्ठ | १८,००० श्लोक |
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/19/Meister_der_Bh%C3%A2gavata-Pur%C3%A2na-Handschrift_001.jpg/640px-Meister_der_Bh%C3%A2gavata-Pur%C3%A2na-Handschrift_001.jpg)
भागवत पुराणमा महर्षि सूत गोस्वामी उनका समक्ष प्रस्तुत साधुहरूलाई एक कथा सुनाउँछन्। साधुहरू उनीसित विष्णुका विभिन्न अवतारका बारेमा प्रश्न गर्छन्। सुत गोस्वामी भन्दछन् - यो कथा उनले एक अर्का ऋषि शुकदेवबाट सुनेकाथिए। यसमा जम्मा बाह्र स्कन्ध छन्। प्रथम स्कन्धमा सबै अवतारहरूको सारांश रूपमा वर्णन गरिएको छ।