![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7e/Wikipedia-logo-v2-ne.svg/langne-640px-Wikipedia-logo-v2-ne.svg.png&w=640&q=50)
विकिपिडिया
जो कसैले सम्पादन गर्न सक्ने खुल्ला अनलाइन विश्वकोश / From Wikipedia, the free encyclopedia
विकिपिडिया एक बहुभाषी नि:शुल्क अनलाइन विश्वकोश हो, जुन खुला सहयोग र विकिमा आधारित सम्पादन प्रणालीको माध्यमबाट स्वयंसेवकहरूको समुदायद्वारा लेखिएको हुन्छ। यसका सम्पादकहरूलाई विकिपिडियन वा विकिपिडिया सम्पादक पनि भनिन्छ। विकिपिडिया इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा धेरै पढिने सन्दर्भ कृति हो।[2] यो लगातार १० सबैभन्दा लोकप्रिय वेबसाइटहरू मध्ये एक हो जुन सिमिलर वेब र विगतमा अलेक्साद्वारा क्रमबद्ध गरिएको छ।[2][3] सन् २०२२ सम्म, विकिपिडियालाई सातौँ सबैभन्दा लोकप्रिय वेबसाइटको रूपमा स्थान दिइएको थियो। यो विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ, जुन एक अमेरिकी गैर-लाभकारी संस्था हो जसले मुख्यतया दान वा चन्दाको माध्यमबाट वित्त पोषित गर्दछ।
![]() विभिन्न लेखन प्रणाली समावेश विकिपिडियाको लोगो | |
साइटको प्रकार | अनलाइन विश्वकोश |
---|---|
उपलब्ध भाषा | ३२९ भाषाहरू भाषाहरू |
उद्गम देश | ![]() |
मालिक | |
सर्जक | |
युआरएल | wikipedia.org |
व्यवसायिक | हैन |
दर्ता | वैकल्पिक[note 1] |
प्रयोगकर्ताहरू | >२७२,८०७ सक्रिय सम्पादक[note 2] >११४,५४५,३७४ दर्ता भएका प्रयोगकर्ताहरू |
चालु भएको मिति | जनवरी १५, २००१ (२३ वर्ष पहिले) (२००१-०१-15) |
वर्तमान स्थिति | सक्रिय |
सामग्री इजाजतपत्र | सिसि एट्रिब्युसन / सेयर-अलाइक ३.० जिएनयू नि: शुल्क कागजात इजाजतपत्र अन्तर्गत अधिकांश पाठहरू दोहोरो-अनुमतिपत्र प्राप्त छन्। मिडिया अनुमतिपत्र विभिन्न छन्। |
लेखिएको भाषा | ल्याम्प मञ्च[1] |
ओसिएलसी अङ्क | 52075003 |
सन् २००१ जनवरी १५ मा जिम्मी वेल्स र ल्यारी स्याङ्गरले विकिपिडियाको सुरुवात गरेका थिए। स्याङ्गरले यसको नाम "विकि" र "इन्साइक्लोपिडिया" (नेपालीमा विश्वकोश)को मिश्रणको रूपमा राखेका थिए। वेल्स अस्ट्रियाली अर्थशास्त्री तथा मिसेस इन्स्टिच्युटका वरिष्ठ साथी मार्क थोर्नटन यी विचारहरूको सम्पर्कमा आए पश्चात् फ्रेडरिक हायेक र अस्ट्रियाली अर्थशास्त्र विद्यालयसँग सम्बन्धित "स्वतःस्फूर्त क्रम" विचारहरूबाट प्रभावित थिए। विकिपिडिया सुरुमा अङ्ग्रेजी भाषामा मात्र उपलब्ध थियो। अन्य भाषाहरूमा संस्करणहरू चाँडै विकसित भएका थिए। यसका संयुक्त संस्करणहरूमा ५.९ करोड भन्दा बढी लेखहरू समावेश गरेको छ, जसलाई नोभेम्बर २०२० सम्ममा प्रति महिना लगभग २ अर्ब पटक अवलोकन गरिन्छ। यसमा प्रति महिना १.७ करोड भन्दा बढी सम्पादनहरू (प्रति सेकेन्ड १.९ सम्पादनहरू) हुने गर्दछ। सन् २००६ मा, टाइम (पत्रिका)ले कसैलाई पनि सम्पादन गर्न दिने नीतिले विकिपिडियालाई "विश्वको सबैभन्दा ठूलो र (सम्भवतः उत्तम) विश्वकोश" बनाएको भन्ने कुरा उल्लेख गरेको थियो।
विकिपिडियाले ज्ञानको लोकतान्त्रिकरण, समावेशकताको दायरा, अद्वितीय संरचना, संस्कृति, र व्यावसायिक पूर्वाग्रहको विनाको सक्षमताको लागि प्रशंसा प्राप्त गरेको छ। यसले प्रणालीगत पूर्वाग्रह, विशेष गरी महिलाहरू विरुद्ध लैङ्गिक पूर्वाग्रह र कथित वैचारिक पूर्वाग्रह प्रदर्शनको लागि आलोचना खेपेको छ। विकिपिडियाको विश्वसनीयतालाई सन् २००० को दशकमा बारम्बार आलोचना गरिएको थियो तर समयको साथ यसमा सुधार आएको छ।[4][5] किनकी विकिपिडियालाई सामान्यतया २०१० को दशकको अन्त्य र २०२० को दशकको सुरुमा प्रशंसा गरिएको थियो।[2][4][6] अमेरिकी राजनीति र कोभिड-१९ महामारी र युक्रेनमा रूसी आक्रमण जस्ता प्रमुख घटनाहरू जस्ता विवादास्पद विषयहरूमा वेबसाइटको सम्प्रचारले सञ्चार माध्यमहरूको पर्याप्त ध्यान आकर्षित गरेको थियो। यसलाई विश्वका विभिन्न देशहरूले प्रतिबन्ध समेत लगाएका छन्। अप्रिल २०१८ मा फेसबुक र, युट्युबले उनीहरूले प्रयोगकर्ताहरूलाई सम्बन्धित विकिपिडिया लेखहरूको तथ्य-जाँच कडीहरू सुझाएर नक्कली समाचारहरू पत्ता लगाउन मद्दत गर्ने घोषणा गरेका थिए।[7] ताजा समाचारहरूसँग सम्बन्धित लेखहरू प्रायः ती घटनाहरूको बारेमा बारम्बार अद्यावधिक गरिएको जानकारीको स्रोतको रूपमा पहुँच गरिन्छ।