पूर्व प्राध्यापक, विकिपिडियाको सह-संस्थापक, सिटिजेन्डियम र अन्य परियोजनाहरूको संस्थापक From Wikipedia, the free encyclopedia
लरेन्स मार्क स्याङ्गर (जन्म जुलाई १६, १९६८) एक अमेरिकी इन्टरनेट परियोजना विकासकर्ता र दार्शनिक हुन् जो अनलाइन विश्वकोश न्युपिडियाका सम्पादक थिए र जिमी वेल्ससँग मिलेर यसको उत्तराधिकारी विकिपिडियाको सह-स्थापना गरेका थिए। स्याङ्गरले 'विकिपिडिया' नाम राखेका थिए र "तटस्थ दृष्टिकोण" र "सबै नियमहरूलाई बेवास्ता गर्ने"[1] नामक नीतिहरू सहित विकिपिडियाका धेरै प्रारम्भिक दिशानिर्देशहरू लेखेका थिए। स्याङ्गरले पछि अन्य विश्वकोषीय परियोजनाहरूमा काम गरेका थिए, जसमा इन्साइक्लोपिडिया अफ अर्थ, सिटिजेन्डियम, र एभरिपिडिया, र गैर-नाफामुखी अमेरिकी राजनीतिक विश्वकोश ब्यालटपिडिया लाई सल्लाह दिएका थिए।[2]
ल्यारी स्याङ्गर | |
---|---|
जन्म | लरेन्स मार्क स्याङ्गर जुलाई १६, १९६८ बेलभ्यु, वासिङ्टन, संयुक्त राज्य अमेरिका |
शिक्षा | रिड कलेज (बिए) ओहायो राज्य विश्वविद्यालय (एमए, विद्यावारिधि) |
पेशा | इन्टरनेट परियोजना विकासकर्ता, दार्शनिक |
चिनारीको कारण | सह-संस्थापक न्युपेडिया, सह-संस्थापक विकिपिडिया, र संस्थापक सिटिजेनडियम |
सन्तान | २ |
वेबसाइट | LarrySanger.org |
लरेन्स मार्क स्याङ्गरको जन्म जुलाई १६, १९६८ मा बेलेभ्यु, वासिङ्टनमा भएको थियो।[3] उनका बुबा गेरी एक समुद्री जीववैज्ञानिक थिए जसले समुद्री पन्छीहरूको अध्ययन गर्दथे र उनकी आमाले बच्चाहरूलाई हुर्काएकी थिइन्।[4] उनी सात वर्षको हुँदा उनको परिवार एन्कोरेज, अलास्कामा बसाइँसराइ गरेका थिए जहाँ उनी हुर्केका थिए।[3] उहाँ सानै उमेरमा दार्शनिक विषयमा रुचि राख्दथे र १६ वर्षको उमेरमा दर्शन सम्बन्धि अध्ययन गर्ने र यसलाई उनको जीवनको काम बनाउने निर्णय गरेका थिए।[5][6][7]
सन् २००२ मा उनको प्रस्थान पछि, स्याङ्गरले विकिपिडियाको यसको नीति र प्रशासकहरू,र विकिमिडिया फाउन्डेसन आलोचना गरेका थिए।[7][8] सन् २०१५ मा, भाइस नामक पत्रिकाले स्याङ्गरलाई "विकिपिडियाको सबैभन्दा मुखर समालोचक" भनेर उल्लेख गरेको थियो।[7]
फेब्रुअरी २००० मा, जब स्याङ्गरलाई वेल्सले न्युपेडियाको विकास गर्न निमन्त्रणा गरेका थिए र उनी स्यान डिएगो गएका थिए।[9] उनले डिसेम्बर २००१ मा लास भेगासमा विवाह गरेका थिए।[10] सन् २००५ मा, उनी र उनको श्रीमती डिजिटल युनिभर्सको लागि काम गर्नका लागि सान्ता क्रुज, क्यालिफोर्नियामा सरेका थिए।[11] उनी आफ्नी श्रीमती र दुई छोराहरूसँग बस्छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.