जसले पनि सम्पादन गर्न सक्ने वेबसाइटको प्रकार From Wikipedia, the free encyclopedia
विकि एक प्रकारको वेब साईट हो जसले उक्त वेबसाईटका प्रयोगकर्ताहरूलाई सामग्रीहरू थप्न, हटाउन तथा सम्पादन गर्न दिन्छ। विकिमा जति संख्यामा पनि सामग्रीहरू हाईपलिंकबाट सजिलैसँग जोड्न सकिन्छ। विकिमा विभिन्न किसिमका सामग्रीहरू राख्न सकिन्छ जस्तै लेख, तस्वीर, श्रब्य सामग्री, भिडियो, एनिमेसन ईत्यादि। यसमा सहकार्य गरी लेख हरू प्रकाशन गर्न सजिलो हुन्छ। उदाहरणको लागि, तपाईँले पढिरहनुभएको यो विकिपिडिया पनि एक विकि हो।
विकि शब्द एक इन्टर्नेट अपभाषा (स्ल्याङ्) हो जुन विकिविकिवेब शब्दको छोटकरी रूप हो। विकिविकि हवाईयन भाषाबाट आएको शब्द हो र उक्त भषामा यसको अर्थ हुन्छ "छिटो" वा "रफ्तार"।
विकिमा, धेरै प्रयोगकर्ताहरूले एकै सामग्रीहरू सामुहिक रूपमा लेख्न तथा योगदान दिन सक्दछन्। यदि एक जनाले गल्ती लेखेमा अर्कोले सच्च्याउन सक्दछ। त्यस्तै अर्को ब्यक्तिले त्यस पृष्ठमा केही नयाँ कुरा थप्न पनि सक्दछ। यसले गर्दा हरेक पटकको परिवर्तन सँगै विकि सामग्रीहरू परिमार्जित हुँदै जान्छन्।
विकि सामग्रीमा योगदान दिने व्यक्तिहरू साधारण स्वयंसेवकहरू हुँदछन्। योगदानकर्ताहरू विकिमा भएका सामग्रीहरूका बारेमा छलफल पनि गर्न सक्तछन्। छलफलले प्रयोगकर्ता तथा योगदानकर्ताहरू एक अर्काको विचार बुझ्ने तथा बिषयबस्तुको बुझाई परिमार्जित बनाउने गर्दछ। यस विकिपिडियामा भएको वार्तालाप पृष्ठ त्यही प्रयोजनको लागि हो। तर कुनै कुनै विकिमा लेख तथा छलफल एउटै पृष्ठमा हुने गर्दछ।
विकिहरू कामको लागि बनाईएको हुन सक्छ र सबै विकिहरूले एउटै नियम मान्न पर्छ भन्ने छैन। उदाहरणको लागि, विकिपिडियाको मुख्य उद्देश्य लेख हरू लेख्नु हो जले विश्वकोशको रूप लिने छ। त्यसैले विकिपिडियाका प्रयोगकर्ताहरू लेख लेख्नमा उपयोगी नहुने विषयहरूमा छलफल गर्दैनन्।
वार्ड कनिङह्याम (Ward Cunningham)ले मार्च १९९५मा सबैभन्दा पहिले विकिको शुरूवात गरे। धेरै मानिसहरूले उक्त विकि मनपराए र त्यहाँ थुप्रै लेख तथा सामग्रीहरू तयार पारे।
लेखहरू सम्पादन गर्ने विभिन्न तरीकाहरू छन्। सामान्यतया विकि पानाहरू "wikitext" भनिने साधारण मार्क-अप ल्याङवेजका माध्यमबासम्पादन गरिन्छ। उदाहरणका लागि तारा ("*") चिह्न लेखेर सुरू गरेमा बुलेट फर्म्याट गर्न सकिन्छ। विकिटेक्स्ट का style र syntax हरू विकि implementations हरूका आधारमा फरक फरक हुन सक्छन्। कुनै कुनैले त एचटीएमएल HTML ट्याग पनि प्रयोग गर्न दिएका हुन्छन्। तर सबै विकि युजरले यो एचटीएमएल प्रयोग गर्न नजान्ने हुनाले यो जटील हुनसक्छ त्यसैले विकिहरू सादा टेक्स्ट सम्पादन रूचाउँछन् जुन बनोट र शैलीमा एचटीएमएल भन्दा अलिकति सरल छ। यसबाट स्टाइलसीट, जाभा स्क्रीप्ट आदिको झन्झट नहुने र पाठ्यांशमा पनि एकरूपता हुने हुन्छ जसका कारण साधारण प्रयोगकर्ताले पनि सजिलोसित चलाउन सक्ने हुन्छ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.