लाजिम्पाट
From Wikipedia, the free encyclopedia
लाजिम्पाट काठमाडौँको एक आवासिय क्षेत्र हो । दुईसय वर्षअघिको 'पाँडेथली' आज लाजिम्पाटको नामले सुप्रसिद्ध छ। थापाहरू बस्ने क्षेत्रलाई 'थापाथली' भने झैं त्यस इलाकामा केही पाँडेहरू बसोबास गर्ने हुनाले त्यसलाई पाँडेथली या पाँडेगाउँ भनिन्थ्यो ।[1] यो नारायणहिटी राजदरबारको नजिक छ र विभिन्न होटल, दुतावासको अवस्थितिले परिचित छ । लाजिम्पाट दरबार यही रहेको छ जुन अहिले होटल शंकरमा परिणत भएको छ ।
छरितो तथ्यहरू लाजिम्पाट लाजिमपट राजपत्तन, देश ...
लाजिम्पाट
लाजिमपट राजपत्तन | |
---|---|
नगर | |
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | ९,४८१ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
बन्द गर्नुहोस्
लाजिम्पाटको एक सिमा ठमेलसँग जोडिएको छ भने अर्को तिर प्रधानमन्त्रि, प्रधानन्यायधिश र सभामुखको आवास रहेको बालुवाटार क्षेत्र छ ।