लता मङ्गेशकर
भारतीय पार्श्व गायिका / From Wikipedia, the free encyclopedia
लता मङ्गेशकर (जन्म: २८ सेप्टेम्बर, १९२९, मृत्युः ६ फरवरी २०२२ ) एक भारतिय गायिका थिइन्। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका थिइन्।[1][2] सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि थिइन्। उनी आशा भोसले, ह्रिदयनाथ मङ्गेशकर, उशा मङ्गेशकर र मीना मङ्गेशकरको दिदी थिइन्। भारतको सबैभन्दा ठुलो गैर-सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका थिइन्।[3]
छरितो तथ्यहरू लता मङ्गेशकर, व्यक्तिगत विवरण ...
लता मङ्गेशकर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | (1929-09-28) २८ सेप्टेम्बर १९२९ (उमेर ९४) इन्दौर, भारत |
मृत्यु | ६ फरवरी २०२२ |
विधा | चलचित्र सङ्गीत (पार्श्व गायिका), भारतीय शास्त्रीय सङ्गीत |
पेशा | गयिका |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९४२–अहिलेसम्म |
बन्द गर्नुहोस्
मङ्गेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिइन्। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थिइन्। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिइन्।[4][5]