भारत रत्न
भारतीय उच्च नागरिक सम्मान / From Wikipedia, the free encyclopedia
भारत रत्न भारतको सर्वोच्च नागरिक सम्मान हो।[1][2][3] यो सम्मान राष्ट्रिय सेवाको लागि दिइन्छ। यी सेवाहरूमा हुन् कला, साहित्य, विज्ञान वा सार्वजनिक सेवा। यस सम्मानको स्थापना २ जनवरी, १९५४ मा भारतका तत्कालीन राष्ट्रपति श्री राजेन्द्र प्रसादद्वारा गरिएको थियो। अन्य अलंकरणकै समान यस सम्मानलाई पनि नामको साथ पदवीको रूपमा लिइंदैन।[4] [5] प्रारम्भमा यस सम्मानला मरणोपरान्त दिने प्रावधान थिएन, यो प्रावधान सन् १९५५ मा जोडिएको हो । त्यस पश्चात अहिले सम्मको सम्मानमा १० व्यक्तिहरूलाई मरणोपरान्त भारत रत्न प्रदान प्रदान गरिएको छ ।
छरितो तथ्यहरू सम्मानको जानकारी ...
भारत रत्न | ||
सम्मानको जानकारी | ||
---|---|---|
प्रकार | नागरिक | |
श्रेणी | सामान्य | |
स्थापना वर्ष | १९५४ | |
अंतिम अलंकरण | २००८ | |
कुल अलंकरण | ४३ | |
अलंकरणकर्ता | भारत सरकार | |
विवरण | सूर्यको प्ल्याटिनम छवि को साथ भारत रत्न देवनागरी लिपिमा खोपिएको, एउटा पीपलको पातमा | |
प्रथम अलंकृत | सर्वपल्ली राधाकृष्णन | |
अंतिम अलंकृत | सचिन तेन्दुलकर तथा सि.एन.आर.राव | |
सम्मान श्रेणी | ||
कोही छैन ← भारत रत्न → पद्म विभूषण |
बन्द गर्नुहोस्
अन्य प्रतिष्ठित पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषण र पद्मश्रीको नाम लिन सकिन्छ।