ब्राजिलियन प्रख्यात फुटबल खेलाडी From Wikipedia, the free encyclopedia
रोनाल्डो डी एसिस मोरेरा (जन्म: २१ मार्च १९८०) सामान्यत: रोनाल्डिन्हो वा रोनाल्डिन्हो गासोको नामले चिनिन्छ ।[2] उनी एक पूर्व ब्राजिली व्यावसायिक फुटबल खेलाडी तथा स्पेनी फुटबल क्लब बार्सिलोनाका राजदूत हुन् । फुटबल मैदानमा उनी मुख्यतया आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्थे तर समयानुकूल उनी अग्रपंक्ति र विङ्गरको रूपमा समेत खेल्ने गरेका थिए । उनी युरोपेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन तथा एसी मिलानका साथै ब्राजिल राष्ट्रिय टिमको लागि लामो समयसम्म फुटबल खेलेका थिए । फुटबल विशेषज्ञ, पारखी तथा प्रशंसकहरूले उनलाई उनको पुस्ताको सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडीको रूपमा व्याख्या गरेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | रोनाल्डो डे एस्सिस मोरेइरा[1] | |||||||||||||||||||||||||||||||||
जन्म मिति | [1] | २१ मार्च १९८०|||||||||||||||||||||||||||||||||
जन्म स्थान | पोर्टो अलेग्रे, ब्राजिल | |||||||||||||||||||||||||||||||||
उचाइ | १.८१ मी (५ फिट ११ इन्च)[1] | |||||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति / आक्रमक मध्यपङ्क्ति | |||||||||||||||||||||||||||||||||
युवा करियर | ||||||||||||||||||||||||||||||||||
१९८७-१९९८ | जर्मियो | |||||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||||||||||||||||||||
१९९८-२००१ | जर्मियो फुटबल पोर्टो एलेग्रेन्स | ५२ | (२१) | |||||||||||||||||||||||||||||||
२००१-२००३ | पेरिस सेन्ट-जर्मेन | ५५ | (१७) | |||||||||||||||||||||||||||||||
२००३-२००८ | बार्सिलोना | १४५ | (७०) | |||||||||||||||||||||||||||||||
२००८-२०११ | मिलान | ७६ | (२०) | |||||||||||||||||||||||||||||||
२०११-२०१२ | फ्लामेङ्गो फुटबल क्लब | ३३ | (१५) | |||||||||||||||||||||||||||||||
२०१२-२०१४ | एट्लेटिको मिनेइरो | ४८ | (१६) | |||||||||||||||||||||||||||||||
२०१४-२०१५ | क्वेरेतारो फुटबल क्लब | २५ | (८) | |||||||||||||||||||||||||||||||
२०१५ | फ्लुमिनेन्स फुटबल क्लब | ७ | (०) | |||||||||||||||||||||||||||||||
जम्मा | ४४१ | (१६७) | ||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||||||||||||||||||||
१९९६ | ब्राजिल राष्ट्रिय अन्डर-१७ फुटबल टिम | ६ | (२) | |||||||||||||||||||||||||||||||
१९९९ | ब्राजिल राष्ट्रिय अन्डर-२० फुटबल टिम | ५ | (३) | |||||||||||||||||||||||||||||||
१९९९-२००८ | ब्राजिल राष्ट्रिय अन्डर-२३ फुटबल टिम | २७ | (१८) | |||||||||||||||||||||||||||||||
१९९९-२०१३ | ब्राजिल | ९७ | (३३) | |||||||||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६ जनवरी २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६ जनवरी २०१८ |
रोनाल्डिन्हो, रोनाल्डोको पोर्चुगेली भाषामा पर्यायवाची शब्द भएकोले ब्राजिलमा उनका समकक्षी खेलाडीले रोनाल्डोसँग अलग गर्नको लागि गाशो उपनाम दिएका थिए । तर युरोपमा रोनाल्डोले आफ्नो पहिचान पहिले नै आफ्नो नामले बनाए, जसले गर्दा रोनालडिन्होलाई आफ्नो गाशो उपनामको प्रयोग गर्नु पर्ने अवस्था रहेन । रोनाल्डिन्होले फ्लामिङ्गोमा खेल्नु भन्दा पहिले पेरिस सेन्ट-जर्मेन, एफसी बार्सिलोना र एसी मिलानको लागि खेल्थे । स्पेनी क्लबमा खेल्दै उनले सन् २००६ मा च्याम्पियन्स लिगमा आफ्नो पहिलो जीत हासिल गरे र सन् २००५ मा बेलोन डी'ओरको सम्मान प्राप्त गरे । जनवरी २००७ मा उनी स्पेनी नागरिक बने ।[3]
रोनाल्डिन्होको जन्म ब्राजिलको शहर रियो ग्रांड डो सुलको सदरमुकाम पोर्टो एलेग्रेमा भएको थियो। उनकि आमा डोना मिग्वेलिना एक पूर्व बिक्रेता तथा नर्सिडकि विद्यार्थी थिईन। उनको वुबा जोआओ डे एसिस मोरेइर पोत कारखानामा मजदूर थिए र स्थानीय क्लब एसपोर्टे क्लुबे क्रुजेरियोको फुटबल खेलाडी थिए।[4] रोनाल्डिन्हो जब आठ सालको थिए तब उनको बुवाको हृदयघातको कारणबाट घरको स्विमिङ्ग पूलमा मृत्यु भएको थियो। रोनाल्डिन्होका दाई रोबर्टो ग्रेमिओसँग अनुबन्ध भए पछि पूरा परिवार पोर्टो एलेग्रेको एक समृद्ध शहर गुअरुजामा स्थानांतरित भयो, जुन रोबर्टोको क्लबमा अनुबन्ध भए बापत ग्रेमिओले दिएको एक उपहार थियो। तर अंततः चोटको कारण रोबर्टोको खेलजीवन धेरै चाँडै नै समाप्त भयो।
रोनाल्डिन्होको फुटबल कौशल ८ वर्षको उमेरबाट नै बढ्न शुरू गर्यो। उनी युवा क्लब म्याचमा सबैभन्दा युवा र सानो खेलाडी भएकोले उनलाई रोनाल्डिन्हो उपनाम दिइयो ।[5] उनी फुटसल र विच फुटबलमा रुची राख्न थाले, जुन पछि आयोजित फुटबलको तिर रूपान्तरित भयो। रोनाल्डिन्होले १३ वर्षको उमेरमा एक स्थानिय टिम बिरुद्ध २३-०को जित हासिल गर्दा एक्लै २३ वटै गोल गरेर सञ्चार जगत मार्फत पहिलो पल्ट चर्चामा आए। उनी १९९७मा मिश्रमा आयोजित यू-१७ वर्ल्ड च्याम्पियनसीपमा पेनाल्टी किकमा २ गोल गर्दै उदयिमान खेलाडीको रूपमा आफ्नो पहिचान बनाए।
हाल, रोनाल्डिन्होका दाजु रोबर्टो उनका प्रबन्धकको रूपमा कार्य गर्दछ र बहिनी डेइसी उनको प्रेस समन्वयकको रूपमा काम गर्दछिन। रोनाल्डिन्होले ब्राजिल कै एक नर्तकी जानइना मेन्डस सँग विवाह गरे। २५ फेब्रुअरी २००५मा जानइनाले उनीहरूको पहिलो सन्तानलाई जन्म दिइन, जसको नामाकरण उनकै स्वर्गिय पिता जोआओको नामबाट गरियो। सन् २००५मा उनले नाइकको लागि गरेको एक विज्ञापन युट्युबको वेबसाइटमा १ लाख भन्दा बढीले हेरेको पहिलो चलदृष्य बन्यो।[6]
रोनाल्डिन्होको खेलजीवनको शुरुवात जर्मियोको युवा टिमबाट भयो। उनले आफ्नो अग्रज खेलजीवनको शुरुवात १९९८को कोपा लिबर्टाडोर्स खेलबाट गरे।[7] सन २००१ मा, आर्सनलले रोनाल्डिन्होलाई अनुबन्धन गर्न रुचि देखायो तर उनी पर्याप्त अन्तर्राष्ट्रिय खेल नखेलेका एक गैर-यूरोपीयसंघका खेलाडी भएका कारण कार्य आज्ञापत्र प्राप्त गर्न सकेनन् र अनुबन्धन कार्य असफल भयो। [8] उनले स्कटिश प्रीमियर लीगमा सेन्ट मिरनबाट ऋणमा खेलको मानिन्छ, जुन उनी ब्राजिलमा अबैधानिक पासपोर्ट काण्डमा संलग्नता भएको कारणबाट सफल भएन।[9] सन् २००१मा रोनाल्डिन्होलाई फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मिनले € ५,०००,०००मा ५ वर्षको लागि अनुबन्धन गर्यो।[10]
पेरिस सेन्ट जर्मेनमा उनी प्रवेश गरेपछि रोनाल्डिन्होलाई २१ नं.को जर्सी दिइएको थियो र उनका ब्राजिलियन समकक्षी एलोइसियो र मध्यपंक्ति खेलाडी मिकेल अर्टेटा र जे जे-ओकोचाको पंक्तिमा समाबेस गरियो | रोनाल्डिन्होले ४ अगस्ट २००१मा पेरिस सेन्ट-जर्मेनबाट एक्सर क्लब बिरुद्ध १-१ नतीजाको खेलमा वैकल्पिक खेलाडीको रूपमा प्रवेश गरेर लीगमा आफ्नो पहिलो शुरुवात गरे।[11] रोनाल्डिन्होले २००१ सिजनको अधिकांश खेलहरू बेन्च र स्टार्टरको भूमिकामा खेले। उनले १३ अक्टोबर २००१मा लियोन बिरुद्धको खेलमा ७९औं मिनेटमा पेनाल्टिमा क्लबको लागि पहिलो गोल गरेर खेललाई २-२को बराबरी रोके।[12] जाडोको विश्राम पश्चात रोनाल्डिन्होले लगातार चार खेलहरूमा गोल गर्दै आफ्नो गोलको खाता खोले। उनले एएस मोनाको, रेन्नस, लेन्स र लोरीएन्टबिरुद्धका खेलहरूमा प्रभावशाली गोलहरू गरे। १६ मार्च २००२ मा, रोनाल्डिन्होले PSG खेलमा ट्रोयस एसी बिरुद्ध ३-१को जीतमा दुई गोल गरे । उनले क्लबको लागि एफसी मेट्ज बिरुद्ध २-०को जीतमा आफ्नो सिजनको अन्तिम गोल गरे।
रोनाल्डिन्होले पेरिस सेन्ट-जर्मेनलाई कूप डे ला लीग २००१-०२ संस्करणमा सेमीफाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेले पछि उनीहरू बोर्डो द्वारा पराजित भई खेलबाट बाहिरिनु पर्यो। १६ खेलहरूको क्रममा गइन्गाम्प बिरुद्धको खेलमा रोनाल्डिन्होले दोस्रो हाफमा प्रवेश गरेर दुई गोल गरे। रोनाल्डिन्हो क्लब सँग प्रारम्भिक सफलताको बावजूद उनको सीजन विवादपूर्ण रह्यो, पेरिस सेन्ट जर्मेनको प्रबन्धक लुइस फर्नान्डिजले दावा गरे कि ब्राजिलीयनहरू फुटबलमा भन्दा पेरिस नाइटलाईफमा ध्यान केन्द्रित गर्छन र उनको छुट्टिहरूमा ब्रजिलमा गएपछि कहिल्यै निर्धारित समय भन्दा बढि छुट्टि मनाउने बताए।
फर्नान्डिज सँग लगातार दरारको बावजूद, रोनाल्डिन्हो २००२-०३को सीजनको लागि १० नम्बरको जर्सीका साथ टिममा फिर्ता भए | २६ अक्टूबर २००२ माउनले पेरिस सेन्ट-जर्मेनकोले क्लासिकको प्रतिद्वन्दि मार्सिले माथी ३-१को जीतमा दुइ गोल गरे। पहिलो गोल फ्रिकिकमा गरे, उनले प्रहार गरेको बल १८ यार्ड बक्समा भएका धेरै मार्सिले खेलाडीहरूलाई छल्दै घुमाउरो तरिकामा गोलरक्षक भेड्रान रन्जलाई पनि छलेर जाली चुम्यो | यसपछिको स्टेड भेलोड्रम बिरुद्धको खेलमा उनले फेरि गोल गर्दै पेरिस सेन्ट-जर्मेनलाई ३-०को जीत दिलाए। रोनाल्डिन्होले कूप डी फ्रान्सको सेमी-फाइनलमा बोर्डक्स माथीको २-०को जीतमा दुबै गोल गरेर पेरिस सेन्ट-जर्मेनलाई फाइनलमा पुर्याएर आफनो प्रदर्शनलाई उचाईमा पुर्याए। २२औं मिनेटमा पहिलो गोल गरे पछि, रोनाल्डिन्होले ८१औं मिनेटमा १८ यार्ड परबाट बललाई उठाएर गोलकरक्षक अलरिच रामे आफ्नो अनुकूल स्थानमा भएता पनि उनको टाउको माथीबाट छलाएर गोलपोष्टमा छिराई क्लबलाई २ गोलको अग्रता दिलाए। रोनाल्डिन्होको यस प्रदर्शनको लागि पेरिस सेन्ट जर्मेनका [समर्थक]हरूले उठेर स्वागत गरेका थिए। क्लब, रोनाल्डिन्हो र टिमको लागि दुर्भाग्य कि अन्तिम समयमाजीन-एलेन बम्सङ्गले गरेको गोलको कारण अक्सरे सँग २-१को हार ब्यहोर्नु परेपछि फममा आउन असफल भए। रोनाल्डिन्हो प्रदर्शनको बावजूद क्लब निराशाजनक ११औं स्थानको स्थितिमा सिमित भयो। पछिल्लो सीजनमा, क्लब सबैजसो यूरोपीय प्रतियोगिताहरूमा असक्षम भएपछि रोनाल्डिन्होले क्लब छोड्न चाहेको घोषणा गरे।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले क्लबको लागि डेभिड बेक्ह्याम ल्याउने विचार गरेका थिए, तर उनी रियल म्याड्रिडसँग अनुबन्धन भए पछि बार्सिलोनाले रोनाल्डिन्होलाई म्यानचेस्टर यूनाइटेडको भन्दा बढि बोलि लगाई अनुबन्धन गर्यो| [13][14] उनले आफ्नो टिमको लागि पहिलो शुरुवात वाशिङ्गटन, डीसीमा भएको रोबर्ट एफ केनेडी मेमोरियल स्टेडियममा मिलान बिरुद्ध मैत्रीपूर्ण खेलबाट गरे जसमा उनले एक गोल गर्दै क्लबलाई २-०को जीत हासिल गराए। अभियानको पहिलो मध्यान्तरमा चोटग्रस्त भएपछि,[15] उनी अन्तिममा पुन: खेलमा फिर्ता भएर क्लबलाई लीगमा दोस्रो स्थानमा पुर्याउनमा सहयोग गरे।
२००४-०५मा रोनाल्डिन्होले आफ्नो पहिलो लिग शीर्षक जिते र २० डिसेम्बर २००४मा फिफा वर्षको सर्वोत्कृष्ट खेलाडि घोषित भए | २००५ मा, रोनाल्डिन्हो चेल्सीका फ्रान्क लाम्पार्ड र बार्साकै सहकर्मी खेलाडी शामूएल इटोलाई पछाडी पार्दै लगातार दोस्रो पटक फिफा वर्षको सर्वोत्कृष्ट खेलाडिको सम्मान प्राप्त गरे। ८ मार्च २००५ मा, बार्सिलोना युरोपियन च्यापियन्स लीगको पहिलो नकआउट राउण्डमा चेल्सी सँग ४-२को पराजीत भई बाहिरिंदा दुबै गोल रोनाल्डिन्होले मात्र गरेका थिए।[16]
२००८मा अनुबन्धन म्याद समाप्त भएपछि, रोनाल्डिन्होलाई २०१४ सम्मको समयाबधिको लागि नौ वर्षमा कुल £ ८.५ करोडको प्रस्ताब राखियो,[17] तर उनले यस प्रस्ताबलाई अस्वीकार गरे। सेप्टेम्बर २००५मा रोनाल्डिन्होले कुनै अर्को क्लबले उनको लागि बार्सिलोनासँग कमसे कम £ ८.५ करोडको प्रस्ताब राखेमा उनले क्लब छोड्न पाउने शर्तमा थप दुई वर्षको समयाबधिको लगि अनुबन्धनमा हस्ताक्षर गरे।[18]
२००४-०५को सीजनको अन्तबाट रोनाल्डिन्होले व्यक्तिगत अवार्डको समुह सङ्कलन गर्न शुरू गरे। उनले २००५ फिफाप्रो विश्वका दशमा समावेस हुँदै सेप्टेम्बर २००५मा फिफाप्रो वर्षको सर्वोत्कृष्ट खेलाडि जीते र २००५मा नै उनी वर्षको यूरिपेली खेलाडी पनि घोषित भए। यही वर्ष, रोनाल्डिन्हो उपविजेता फ्रान्क लाम्पार्डलाई ३०६को बिरुद्ध ९५६ अंकले पछि पार्दै दोस्रो पटक फिफा वर्षको सर्वोत्कृष्ट खेलाडिको सम्मान प्राप्त गरे। रोनाल्डिन्होले १९ नोभेम्बरमा भएको अल क्लासिको लिगको पहिलो चरणमा रियल म्याड्रिड बिरुद्ध दुई पटक गोल गर्दै बार्सिलोनालाई रियल म्याड्रिड माथी ३-०को जीत हासिल गराए। उनले दोस्रो गोल गर्दै विजयको निशचितता गरेपछि म्याड्रिडका प्रशंसकहरूले पनि उनलाई उठेर स्वागत गरे।
जनवरी २००६मा रोनाल्डिन्हो लगातार तेस्रो पटक वर्षको यूरोपियन टिममा मनोनित भए र २००५-०६को च्याम्पियनस लीग क्वार्टर फाइनलमा बार्सिलोनाले बेन्फिकालाई २-०ले पराजित गर्दा उनले एक गोलको योगदान गरे। सेमीफाइनलमा रोनाल्डिन्होको सहायतामा लुडोभिक गुलीको एक गोल सँगै मिलान माथी १-०को विजय हासिल गरेपछि, बार्सिलोना च्याम्पियनस लीग फाइनलको लागि अगाडि बढ्यो। १७ मे २००६मा भएको फाइनल खेलमा आर्सनललाई २-१ लि हराउँदै बार्सिलोना यूरोपियन च्याम्पियन बन्यो। दुई हफ्ता पहिले, बार्सिलोनाले सेल्टा भिगोलाई १-०ले पराजित गर्दै दोस्रो पटक ला लिगा उपाधि जितेको हुनाले रोनाल्डिन्होले आफ्नो करियरको पहिलो दोहोरो विजय प्राप्त गरे। उनले सीजनको अन्त्य सम्ममा सबै प्रतियोगिताहरूमा करियरको उत्कृष्ट २६ गोल गरेका थिए र २००५-९६को वर्षको च्याम्पियनस लीगका खेलाडी घोषित भए।
२५ नोभेम्बर २००६ मा, रोनाल्डिन्हो भिल्लारियलको बिरुद्ध आफ्नो करियरको ५०औं लीग गोल गरे र पछि दोस्रो पल्ट बाईसाइकल किक प्रहार गर्दै गोल गरे। त्यसपछि उनले पत्रकारहरू सँग भने कि दोस्रो गोल उनले सानो हुँदा सपनामा गोल गरेको देख्ने गर्दथे।[19] २००६को फिफा क्लब विश्वकपमा मेक्सिकोको क्लब अमेरिका बिरुद्ध दुई गोलमा सहायता र एक गोल आफैले गरेर बार्सिलोनालाई ४-०को जीत हासिल गराए तर फाईनलमा बार्सिलोनाले ब्राजिलियन क्लबइन्टरनेसनल सँग १-०को हार ब्यहोर्नु पर्यो।[20] रोनाल्डिन्होले फेरि पनि प्रतियोगिताको लागि कांस्य बल पुरस्कार प्राप्त गरे।
अर्को दिन, रोनाल्डिन्हो सन २००६को फिफा वर्षको सर्वोत्कृष्ट खेलाडिको दौडमा विश्वकप विजेता कप्तान फाबियो कानभारो र जिनेदिन जिदान पछि तेस्रो स्थानमा रहे।[21] जनवरी २००७मा उनी मनोनित खेलाडीहरू मध्य सर्वाधिक २९०,००० मत प्राप्त गरी लगातार तेस्रो पल्टको लागि वर्षको यूरोपियन टिममा छनौट भए।[22][23]
३ फेब्रुअरी २००८मा रोनाल्डिन्होले ओसासुनाको बिरुद्ध बार्सिलोनाको लागि आफ्नो करियरको २००औं लीग म्याच खेले। हुनत, उनको २००७-०८को अभियान पुरै चोटग्रस्त भएर बित्यो र ३ अप्रिलमा उनको दायाँ खुट्टाको मासु च्यातिएपछि समयभन्दा पहिले उनको सीजन समाप्त भयो।[24] १९ मेमा लापोर्टाले यदि रोनाल्डिन्होले आफ्नो करियरलाई पुनर्जीवित गरे भने उनलाई नयाँ क्लबको आवश्यकता पर्ने दावा गर्दै, रोनाल्डिन्होलाई "नयाँ चुनौती"को आवश्यकता भएको बताए।[25] म्यानचेस्टर सिटीका मालिक थाकसिन शिनावात्राले ६ जुनमा आफुलाई उनलाई प्राप्त गर्न मनलागेको कुरा पुष्टि गरे।[26]
रोनाल्डिन्हो र बार्सिलोनाका सहकर्मी खेलाडी लियोनेल मेस्सी दुबै २८ जुनमा भेनेजुएलामा भएको अन्तर्राष्ट्रिय स्टार बीचको एक नस्लवादविरोधी प्रदर्शनी खेलमा टिम कप्तान भए, जुन खेल रोनाल्डिन्हो दुई गोल र दुई सहायताका साथ ७-७को बराबरीमा समाप्त भयो। यो खेल उनको बार्सिलोना खेलाडीको रूपमा अन्तिम खेल थियो।[27] २०१० जोआन ग्याम्पर ट्रफीको लागि तयारीको बेला, रोनाल्डिन्होले एक क्याटालन क्लबमा उनको सबैभन्दा राम्रो पाँच वर्ष भएको उल्लेख गरेर बार्सिलोनाका खेलाडिहरू र प्रशंसकहरूको लागि एक खुला पत्र पठाए।[28]
जुलाई २००८ मा, रोनाल्डिन्हो म्नयाचेस्टर सिटीले राखेको £२५,५००,०००को पारिश्रमिक प्रस्ताव अस्विकार गर्दै [29] इटालीयन सिरिज एको हस्ति मिलानमा बार्षिक £ ५,१००,००० (€ ६,५००,०००) पारिश्रमिक दिने शर्तमा तीन वर्षको अनुबन्धन भए।[30][31] १० नम्बरको जर्सी पहिले नै सहकर्मी खेलाडी क्लारेन्स सिडर्फले लगाएकोले उनले ८० आफ्नो जर्सी नम्बरको रूपमा छनौट गरे।
रोनाल्डिन्होले २८ सेप्टेम्बर २००८मा भएको डर्बीमा मिलानको लागि आफ्नो पहिलो गोल गर्दै प्रतिद्वन्द्वी इन्टरनाजिओनल माथी १-०को जीत हासिल गराए। १९ अक्टुबर २००८मा स्याम्पडोरिया माथिको ३-०को विजयमा आफ्नो दोस्रो गोल गरे। ६ नोभेम्बरमा युरोपियन कपको ग्रूप चरणमा ब्रागाको बिरुद्ध ९३ मिनेटमा विजयी-गोल गरे।
उनले सबै प्रतियोगिताहरू मध्य ३२ खेल खेलेर १० गोल गर्दै आफ्नो मिलानमा पहिलो सीजन समाप्त गरे। सीजनको लागि एक राम्रो शुरुवात पछि रोनाल्डिन्हो स्वस्थताको लागि संघर्ष गरे र मिलानको लागि एक पहिलो निराशाजनक सीजनको अन्त्य सम्म प्राय खेलमा बेन्चमा बसेरै बिताए। केही समय पछि, रोनाल्डिन्हो पुन: फर्ममा आए र मिलानको सीजनमा सबैभन्दा राम्रो खेलाडी बने। उनले आफुलाई आक्रमक मध्यपंक्तिबाट लेफ्ट विङ्गरको रूपमा बदले।
१० जनवरी २०१०मा जुभेन्टसको बिरुद्ध दुइ गोल गर्दै रोस्सोनरीको लागि ३-० जीत हासील गराए। लगत्तै पछि १७ जनवरी २०१०मा सिएना बिरुद्धको खेलमा रोनाल्डिन्होले ३० गजको दुरीबाट बललाई खुट्टाले उठाएर टाउकाले हानी पोष्टको कुनाबाट गरेको आकर्षक गोलका साथ मिलानको लागि आफ्नो पहिलो ह्याट-ट्रिक गरे।[32]
१६ फेब्रुअरीमा च्याम्पियन्स लीगमा रोनाल्डिन्होले पहिलो पटक म्यानचेस्टर यूनाइटेडको बिरुद्ध खेले। यस खेलमा मिलानलाई अग्रता दिलाउँदै शुरुवाति गोल गरे। पाउल स्कोलसको एक गोल र वाइने रोनीको दुई गोल संगै मिलान ३-२को गोल अन्तरले पराजित भयो। १३ अप्रिल २०१० मा, रोनाल्डिन्हो कुल १४ गोलमा सहायता सँग सिरी एको अग्र-सहायोगि बने।[33] उनले २००९-१० सीजनमा तीनवटा पेनाल्टी बिगारे | रोनाल्डिन्होले लुका एन्टोनिनीले शुरुवाती गोल गरेको जुभेन्टस बिरुद्धको सीजनको अन्तिम खेलमा दुई गोल गरी मिलानलाई ३-०को विजय दिलाए। यो खेल लियोनार्डो व्यवस्थापनमा भएको अन्तिम खेल थियो।
आफ्नको बाल्यकालको क्लब जर्मियोमा फिर्ता हुने हल्ला पछि, रोनाल्डिन्हो ११ जनवरी २०११ फ्लामेङ्गो सँग २०१४ सम्मको लागि अनुबन्ध भए।[34] स्थान्तरणको हल्लाको क्रममा, धेरै रिपोर्टहरूले पूर्व वर्षको खेलाडी लस एन्जलस ग्यालेक्सी, कोरिन्थियन्स, पाल्मेईरस र अङ्ग्रेजी प्रिमीयर लीग क्लब ब्लैकबर्न रोवर्स लगायतका विभिन्न क्लबहरूमा जाने कुरा व्यक्त गरे। १३ जनवरी २०११मा उनको नयाँ क्लबमा उनको अनावरणको लागि २०,००० भन्दा अधिक प्रशंसकहरूले बधाई दिए।[35] रोनाल्डिन्होले फेब्रुअरी २०११मा फ्लामेङ्गोको बोभिस्टा बिरुद्ध ३-२को विजयमा फ्लामेङ्गोको लागि पहिलो गोल गरे।[36]
रोनाल्डिन्हो ब्राजिलका थोरै खेलाडिहरू मध्ये एक हुन जसले हरेक उमेर समूहको अन्तर्राष्ट्रिय स्तरको खेलहरू खेलेका छन। जब पहिलो पल्ट १९९७मा ब्राजिलको टिमले फिफा यू-१७ विश्व च्याम्पियनशिप जीतेको थियो तब रोनाल्डिन्हो पनि उक्त टिममा समावेश थिए, जसको पहिलो ग्रूप म्याचहरूमा अस्ट्रियाको बिरुद्ध रोनाल्डिन्होले आफ्नो पहिलो गोल पेनाल्टिमा गरेका थिए, जसमा ब्राजिल ७-०ले विजयी भयो। यस च्याम्पियनशिपको पूरा खेल अवधि भरीमा रोनाल्डिन्होले केवल दुई गोल गर्न सफल रहे। यस च्याम्पियनशिपमा ब्राजिलले २ गोल खाँदै २१ गोल् गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो।
सन १९९९ रोनाल्डिन्होको लागि अन्तर्राष्ट्रिय म्याच खेल्नमा एकदम व्यस्त वर्ष रह्यो। १९९९को फिफा वर्ल्ड यूथ च्याम्पियनशिपमा रोनाल्डिन्होले भाग लिंदै आखिरी ग्रूप म्याचमा ब्राजिलको लगि उनले आफ्नो पहिलो गोल गरे। सोह्रौ चरणमा, पहिलो मध्यान्तर अघि २ गोल गर्दै क्रोएसिया माथि ४-०को विजय हसिल गराए र ब्राजिल क्वाटरफाइनलमा उरुग्वेसँग पराजित भई खेलबाट बाहिरिए पछि उनले तिन गोलमा नै च्याम्पियनशिप अन्त्य गरे। १९९९ कोपा अमेरिकाशुरू हुनु तीन दिन पहिले २६ जुनमा ब्राजिलले लातभियाको ३-०ले पराजित गर्दा रोनाल्डिन्होले ब्राजिलको लागि पहिलो लगातार २ गोल गरे र उनले ब्राजिलको कोपा अमेरिका विजय अभियानको समयमा एक गोल गरे । कोपा अमेरिकाको फाइनलको एक हप्ता पछि १९९९ कन्फेडेरेसन कपको लागि रोनाल्डिन्होलाई आमन्त्रित गरियो । यस म्याचको फाइनल खेल वाहेक सबै खेलहरूमा उनले गोल गरे, जसमा साऊदी अरब विरुद्धको ८-२ को जीतमा ह्याट्रिक गोल गरेका थिए । फाइनल खेलमा ब्राजिलले मेक्सिको ४-३ को हार ब्यहोर्दा रोनाल्डिन्होले एक गोल पनि गर्न सकेनन । रोनाल्डिन्होलाई यस म्याचमा सर्वश्रेष्ठ खेलाडीको लागि गोल्डन बल र सर्वाधिक गोल गरे वापत गोल्डन बूटको उपाधि दिइएको थियो ।
क्लब | सिजन | लीग | कप | कनटिनेंटल | अन्य | कुल | ||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
प्रदर्शन | गोल | सहायता | प्रदर्शन | गोल | सहायता | प्रदर्शन | गोल | सहायता | प्रदर्शन | गोल | सहायता | प्रदर्शन | गोल | सहायता | ||
ग्रेमियो(Grêmio)' | १९९८ | ६ | 1 | ० | २ | ० | ० | - | - | - | - | ८ | १ | ० | ||
१९९९ | १७ | ६ | ० | ३ | ० | ० | - | - | - | - | २० | ६ | ० | |||
२००० | २१ | १४ | ० | ३ | ३ | ० | - | - | - | - | २४ | १७ | ० | |||
कुल | ४४ | २१ | ० | ८ | ३ | ० | ० | ० | 0 | - | - | - | ५२ | २४ | ० | |
सेन्ट-जर्मेन, पेरिस | २००१-०२ | २८ | ९ | ८ | ६ | २ | ० | ६ | २ | २ | - | - | - | ४० | १३ | १० |
२००२-०३ | २७ | ८ | ६ | ६ | ३ | ० | ४ | १ | २ | - | - | - | ३७ | १२ | ८ | |
कुल | ५५ | १७ | ११ | १२ | ५ | ० | १० | ३ | ४ | - | - | - | ७७ | २५ | १८ | |
बार्सिलोना | २००३-०४ | ३२ | १५ | ११ | ६ | ३ | १ | ७ | ४ | २ | - | - | - | ४५ | २२ | १४ |
२००४-०५ | ३५ | ९ | १६ | ० | ० | ० | ७ | ४ | ४ | - | - | - | ४२ | १३ | २० | |
२००५-०६ | २९ | १७ | १५ | ४ | २ | १ | १२ | ७ | ५ | - | - | - | ४५ | २६ | २१ | |
२००६-०७ | ३२ | २१ | १० | ६ | १ | ३ | ११ | ३ | ३ | - | - | - | ४९ | २५ | १६ | |
२००७-०८ | १७ | ८ | ७ | १ | ० | ० | ८ | १ | २ | - | - | - | २६ | ९ | ९ | |
कुल | १४५ | ७० | ५९ | १७ | ६ | ५ | ४५ | १९ | १६ | - | - | - | २०७ | ९५ | ८० | |
मिलान | २००८-०९ | २९ | ८ | ५ | १ | ० | १ | ५ | २ | २ | - | - | - | ३५ | १० | ८ |
२००९-१० | ३६ | १२ | १६ | ० | ० | ० | ७ | ३ | १ | - | - | - | ४३ | १५ | १७ | |
२०१०-११ | ११ | ० | ३ | ० | ० | ० | ५ | १ | १ | - | - | - | १६ | १ | ४ | |
कुल | ७६ | २० | २४ | १ | ० | १ | १७ | ६ | ४ | - | - | - | ९४ | २६ | २९ | |
फ्लामेङ्गो | २०११ | ० | ० | ० | २ | १ | १ | ० | ० | ० | ८ | ४ | ० | १० | ५ | १ |
कुल | ० | ० | ० | २ | १ | १ | ० | ० | ० | ८ | ४ | ० | १० | ५ | १ | |
खेलजीवनको कुल | ३२० | १२८ | ९४ | ३९ | १५ | ७ | ७२ | २८ | २४ | ८ | ४ | ० | ४३३ | १७५ | १२८ |
२० नोभेम्बर २०१० सम्ममा[38][39][40][41][42][43][44][45][46]
|
|
ब्राजिल'[47]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.