रेणु दाहाल
From Wikipedia, the free encyclopedia
रेणु दाहाल (अन्य नाम: '''ज्वाला''') भरतपुर महानगरपालिकाको प्रमुख हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी माहिली छोरी पनि हुन्।
रेणु दाहाल | |
---|---|
भरतपुरको नगर प्रमुख | |
पद बहाली सन् २०१७ अगस्ट ६ | |
सहायक | पार्वती शाह ठकुरी (नेपाली कांग्रेस) |
पहिलो संविधान सभा सदस्य | |
कार्यकाल सन् २००८ मे २८ – सन् २०१२ मे २७ | |
पूर्वाधिकारी | - |
उतराधिकारी | - |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
जन्म | (1976-07-04) ४ जुलाई १९७६ (उमेर ४८)[1] शिवनगर, चितवन, नेपाल[1] |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
जीवन साथी | अर्जुन पाठक[2] |
सन्तान(हरू) | २ |
अभिभावकs |
|
एस.एल.सी.सम्मको औपचारिक शिक्षा लिनुभएकी ३१ वर्षीया रेणु ०५३ पछि माओवादीमा पूर्णकालीन बन्नुभएको थियो। जनयुद्धका लामो समयसम्म उहाँले भारतमा काम गर्नुभयो। उहा अखिल भारत नेपाली महिलाको अध्यक्षहुँदलै ०५६ मा माओवादी जिल्ला समितिको सदस्य हुनुभयो। नेपाल फर्किएपछि रोल्पाको सहइन्चार्ज र केही समयपछि उहा काठमाडौंको सहसचिव हुनुभयो। उहाँले नेपालमा भन्दा पनि भारतमा धेरै ठाउँ र समयमा काम गर्नुभयो। उहाँकी बहिनी गंगा (सिलगुडीमा नारायणविक्रम प्रधानसँग बिहे भएको छ)सँगै बिहे भएको थियो पूर्णकालीन भएको केही समयपछि। रेणु १० कक्षा पढ्दापढ्दै भूमिगत राजनीति थाल्नुभएको थियो।
उत्पीडित जाति, क्षेत्र र लिंगलाई अधिकारसम्पन्न बनाउन कुरामा नै सविधानमा सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ। [3]