नेपालको पहिलो संविधान सभा
From Wikipedia, the free encyclopedia
नेपालको पहिलो संबिधान सभा एक सदनीय अङ्ग थियो जसले वि.स २०६५ जेठ १५ देखि वि.स. २०६९ जेठ १५ सम्म कार्य गर्यो। यो संबिधान सभाको सदस्यहरूको निम्ति निर्वाचन वि. सं २०६४ साल चैत्र २८ गते सम्पन्न भएको थियो। संबिधान सभालाई नेपालको नयाँ संबिधान लेख्ने जिम्मेवारी दिईएको थियो। यही सभाले व्यवस्थापिका संसदको रूपमा समेत काम गर्ने अधिकार प्राप्त गर्यो । यो संबिधान सभामा पहिलो हुने, निर्वाचित हुने सिट अर्थात् प्रत्यक्ष तर्फ २४० जना सदस्यहरु, समानुपातिक सिटका तर्फबाट ३३५ सदस्यहरु र बाँकी २६ जना सदस्यहरु मन्त्रिपरिषद्को सिफारिसमा निर्वाचित गरिएको थियो।
तत्कालिन नेकपा – माओवादी सबै भन्दा ठुलो पार्टीका रूपमा निर्वाचित भयो। पहिलो संबिधान सभाको पहिलो वैठकले नेपाललाई राजतन्त्रबाट गणतन्त्र राज्यका रूपमा परिभाषित गर्यो।
पहिलो संबिधान सभाले तोकिएको समयमा संबिधान दिन असफल भएपछि यसको म्याद पुन: चार वर्षको लागि बढाईएको थियो। चार वर्ष पश्चात वि.स. २०६९ जेठ १५ गते संविधानको मस्यौदा तयार पार्न असफल भएकाले पहिलो संविधानसभा भंग भयो। दोश्रो संबिधान सभाको सदस्यहरूको निर्वाचन वि.स. २०७० मंसिर ४ गते सम्पन्न भयो।
अन्तत: २०७२ असोज ३ गते यसै संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो ।