![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/a4/King_Ram_Shah.jpg/640px-King_Ram_Shah.jpg&w=640&q=50)
राम शाह
गोरखा राज्यका राजा / From Wikipedia, the free encyclopedia
राम शाह गोरखा राज्यका चौथो शाह वंशीय राजा हुन् । उनी राजा पुरन्दर शाहका छोरा र राजा छत्र शाहका भाइ हुन् ।[1] दाजु छत्र शाहको पद परित्यागमा यिनी राजा घोषित भएका हुन्। उनको शासन कालमा वि.सं. १६६३ देखी १६९० सम्म २७ वर्ष चलेको थियो । उनले स्वस्ति श्री गिरिराज चक्रचुडामणि नारायणेत्यादी विविध विरूद्धवली विराजमान मनोनत श्रीमन्त महाराजधिराज को उपाधि धारण गरेका थिए।
छरितो तथ्यहरू राम शाह, शासनकाल ...
राम शाह | |||||
---|---|---|---|---|---|
गोरखाको राजा | |||||
![]() राजा राम शाह | |||||
शासनकाल | वि.सं. १६६३ - १६९० | ||||
पूर्वाधिकारी | छत्र शाह | ||||
उत्तराधिकारी | डम्बर शाह | ||||
जन्म | गोरखा दरबार | ||||
मृत्यु | वि.सं. १६९० | ||||
सन्तान | डम्बर शाह | ||||
| |||||
वंश | शाह वंश | ||||
बाबु | पुरेन्द्र शाह | ||||
धर्म | हिन्दू |
बन्द गर्नुहोस्