![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/8/87/%25E0%25A4%25AF%25E0%25A5%2581%25E0%25A4%2587%25E0%25A4%258F%25E0%25A4%25AB%25E0%25A4%258F_%25E0%25A4%25AE%25E0%25A4%25B9%25E0%25A4%25BF%25E0%25A4%25B2%25E0%25A4%25BE%25E0%25A4%2595%25E0%25A5%258B_%25E0%25A4%25AF%25E0%25A5%2581%25E0%25A4%25B0%25E0%25A5%258B%25E0%25A4%2595%25E0%25A5%258B_%25E0%25A4%25B2%25E0%25A5%258B%25E0%25A4%2597%25E0%25A5%258B.svg.png/640px-%25E0%25A4%25AF%25E0%25A5%2581%25E0%25A4%2587%25E0%25A4%258F%25E0%25A4%25AB%25E0%25A4%258F_%25E0%25A4%25AE%25E0%25A4%25B9%25E0%25A4%25BF%25E0%25A4%25B2%25E0%25A4%25BE%25E0%25A4%2595%25E0%25A5%258B_%25E0%25A4%25AF%25E0%25A5%2581%25E0%25A4%25B0%25E0%25A5%258B%25E0%25A4%2595%25E0%25A5%258B_%25E0%25A4%25B2%25E0%25A5%258B%25E0%25A4%2597%25E0%25A5%258B.svg.png&w=640&q=50)
युइएफए महिला युरो
From Wikipedia, the free encyclopedia
युइएफए महिला युरो वा युइएफए युरोपेली महिला प्रतियोगिता युरोपेली फुटबल महासङ्घमा आवद्ध देशहरूका लागि खेलाइने एक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हो जसलाई युरोपेली फुटबल महासङ्घले चार चार वर्षको अन्तरालमा आयोजना गर्ने गर्दछ। यो युरोपेली पुरुष प्रतियोगिता वा सामान्यतया युइएफए युरोको समान प्रतियोगिता हो। यसलाई सन् १९८४ देखि फुटबलको नियामक निकाय फिफाले मान्यता प्रदान गरेको छ। छनोट खेल पार गरेपछि युरोपेली फुटबल महासङ्घमा आबद्ध राष्ट्रहरू यसमा प्रतिस्पर्धा गर्नका लागि योग्य हुन्छन्। प्रतियोगितामा १६ वटा देशहरूले प्रतिस्पर्धा गर्दछन्। जर्मनी महिला राष्ट्रिय फुटबल टोली हालसम्मको इतिहासमा सबैभन्दा सफल टोली हो जसले ८ पटक यो उपाधि चुमिसकेको छ।[1]
![]() | |
स्थापना | १९८४; ४० वर्ष अघि (१९८४) |
---|---|
क्षेत्र | युरोप (युइएफए) |
समूह सङ्ख्या | ५२ (छनोट) १६ (प्रतिस्पर्धी) |
वर्तमान विजेता | ![]() |
सबैभन्दा सफल टोली | ![]() |
वेबसाइट | www |
![]() |
सन् १९९१ र सन् १९९५ मा, यो प्रतियोगितालाई फिफा महिला विश्वकपको छनोट खेलको रूपमा आयोजना गरिएको थियो। यस भन्दा अगाडि सन् २०१७ मा यो प्रतियोगिताको आयोजना गरिएको थियो जसमा आयोजक नेदरल्यान्डले डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको थियो। सन् २०१७ देखि, यसमा जम्मा १६ टोलीले प्रतिस्पर्धा गरेका छन्।