म्युजिकल्ली
From Wikipedia, the free encyclopedia
म्युजिकल्ली साङ्घाईमा प्रधान कार्यालय र अर्को कार्यालय सान्टा मोनिका, क्यालिफोर्नियाको रहेको एक सामाजिक सञ्जाल सेवा थियो जसले यसका प्रयोगकर्ताहरूले छोटो ओठ समक्रमण गरिएका श्रव्य दृश्यहरूको सृजना र साझा गर्न अनुमति दिन्थ्यो।[1][2] यसको पहिलो परीक्षण संस्करण अप्रिल २०१४ मा जारी गरिएको थियो भने आधिकारिक रूपमा यसको सुरुवात त्यस वर्षको अगष्ट देखि भएको थियो। यो यस्तो सेवा हो जसले यसका प्रयोगकर्तालाई विभिन्न श्रव्यमा ओठ समक्रमण गर्दै अभिव्यक्ति दिएर आफ्नै श्रव्य दृश्य निर्माण गर्ने सुविधा दिन्छ भने त्यस खालका श्रव्य दृश्यहरू १५ सेकेण्ड देखि १ मिनेट सम्म हुन् सक्छन्। यसमा द्रुत, ढिलो जस्ता विभिन्न गति विकल्प र अनेक छनोट प्रभावहरू उपलब्ध छन्। यसको आधिकारिक अनुप्रयोगले प्रयोगकर्ताहरूलाई लोकप्रिय "प्रयोगकर्ता", सामग्री, उच्च प्रदर्शित श्रव्य, ध्वनि र ह्यासट्यागहरू खोल्न र उनीहरूको अनुयायीहरूसँग अद्वितीय रूपमा अन्तरक्रिया गर्न पनि अनुमति दिएको थियो।[3]
![]() | |
निर्माणकर्ता (हरू) | म्युजिकल्ली निगम (अप्रिल २०१४–नोभेम्बर २०१७) बाइटडान्स (नोभेम्बर २०१७–अगस्ट २०१८) |
---|---|
मौलिक संस्करण | अगस्ट २०१४; ९ वर्ष अघि (२०१४-०८) |
सञ्चालन प्रणाली | आइओएस, एन्ड्रोइड |
प्रकार | श्रव्य दृश्य साझेदारी |
अनुमति पत्र | प्रयोगका सर्त सहितको स्वामित्व सफ्टवेयर |
वेबसाइट | www![]() |
सन् २०१५ मा यसमा दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्या जम्मा १ करोड रहेको थियो[4] भने एक वर्ष पश्चात् वा जून २०१६ मा, म्युजिकल्लीको दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्या ९ करोड भन्दा बढी पुगेको थियो।[5] सन् २०१७ को मे महिनाको अन्त्य सम्ममा, अनुप्रयोगमा प्रयोगकर्ताहरूको सङ्ख्या २० करोड भन्दा बढी पुगेको थियो।[6]
टिकटकको निर्माता बाइटडान्स (अनुवादित नाम) लिमिटेड नामक एक चिनियाँ कम्पनीले ९ नोभेम्बर २०१७ मा म्युजिकल्ली निगमलाई अधिग्रहण गरेको थियो र यसलाई २ अगष्ट २०१८ मा टिकटकमा समायोजन गरिएको थियो।[7]