टिकटक
भिडियो साझेदारी अनुप्रयोग / From Wikipedia, the free encyclopedia
टिकटक, (चिनियाँ: 抖音) (उच्चारण-दोउयिन) एक प्रख्यात चिनियाँ भिडियो साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो जुन जुजि थाओदोङ (बाइटडान्स : अनुवादित शीर्षक) नामक चिनियाँ प्रविधि कम्पनीको स्वामित्वमा रहेको छ।[7] [8] [9] चीनको राजधानी बेइजिङमा मुख्यालय रहेको यसको सेवाको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए। यो प्रतिधि लिप-सिन्क (ओठ समक्रमण), सुखान्त तथा मनोरञ्जक तथा प्रतिभा सङ्ग्रहित भिडियोहरू सृजना गर्न प्रयोग गरिन्छ। यसको आधिकारिक अनुप्रयोग सन् २०१७ मा आइओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि सुरु गरिएको थियो।[1] बाइटडान्सले यसअघि सेप्टेम्बर २०१६ मा चिनियाँ बजारका लागि दोउयिन (चिनियाँ: 抖 音) सुरु गरेको थियो। टिकटक र दोउयिन समान छन्, तर चिनियाँ इन्टरनेट नियन्त्रण विधि प्रतिबन्धहरूलाई पालना गर्न छुट्टा छुट्टै सेवकहरूमा सञ्चालित छन्।[10][11] अनुप्रयोगले ३ देखि १५ सेकेन्ड सम्मको ओठ समक्रमण समावेशको श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिन्छ[12] भने यसले छोटो दोहोरिँदो भिडियोको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ। यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू-भागहरूमा लोकप्रिय छ।[13][14] टिकटक चीनमा उपलब्ध छैन, र यसको सेवक अनुप्रयोगहरू उपलब्ध भएका देशहरूमा आधारित छन्।[15]
![]() | |
निर्माणकर्ता (हरू) | बाइटडान्स[1] |
---|---|
मौलिक संस्करण | सेप्टेम्बर 2016; ७ वर्ष अघि (२०१६-०९) |
स्थिर संस्करण | १४.३.४
/ २३ डिसेम्बर २०१९ |
सञ्चालन प्रणाली | आइओएस, एन्ड्रोइड, फायर (सञ्चालन प्रणाली) |
आकार | ३०८.३ मेगाबाइट (आइओएस)[2]
८०.१९ मेगाबाइट (एन्ड्रोइड)[3] ७९.७ मेगाबाइट (फायर सञ्चालन प्रणाली)[4] |
उपलब्ध भाषाहरू | ४० भाषाहरू[5] |
भाषाहरूको सूची अरबी, बङ्गाली, बर्मेली, कम्बोडियाली, सेबुनो, चेक, नेदरल्यान्डेली, अङ्ग्रेजी, फिलिपिनी, फ्रान्सेली, जर्मनेली, युनानी, गुजराती, हिन्दी, हङ्गेरियाली, इन्डोनेसियाली, इटालेली, जापानी, जाभानी, कन्नड, कोरियाली, मलाय, मलेलम, मराठी, ओरिया, पोल्यान्डेली, पोर्तुगाली, पञ्जावी, रोमानियाली, रुसी, सरलीकृत चिनियाँ, स्पेनी, स्विडेनी, तमिल, तेलुगु, थाई, परम्परागत चिनियाँ, तुर्केली, युक्रेनी, र भियतनामी | |
प्रकार | भिडियो साझेदारी सेवा |
अनुमति पत्र | प्रयोगका सर्त सहितको स्वामित्व सफ्टवेयर |
अलेक्सा क्रम | ![]() |
वेबसाइट | tiktok.com douyin.com |
अक्टोबर २०१८ मा टिकटक संयुक्त राज्य अमेरिकामा सर्वाधिक डाउनलोड गरिएको अनुप्रयोग बन्न सफल भएको थियो उक्त सफलता प्राप्त गर्ने यो पहिलो चिनियाँ अनुप्रयोग हो।[16] सन् २०१८ मा, यो विभिन्न देशका १८० भन्दा बढी बजारहरूमा र ८५ भाषाहरूमा उपलब्ध बनेको थियो। फेब्रुअरी २०१९ मा, दोउयिन सहित टिकटकले, चीनमा एन्ड्रोइड स्थापनाहरू बाहेक, विश्वव्यापी रूपमा एक अरब डाउनलोड पार गरेको थियो।[13] सन् २०१९ मा, टिकटकले सन् २०१० देखि २०१९ सम्मको दशकको ७औं सर्वाधिक डाउनलोड गरिएको मोबाइल अनुप्रयोग बनेको घोषणा गरेको थियो। जुन २०२० देखि, केभिन मायर टिकटकका प्रमुख कार्यकारी र सञ्चालन अधिकृत हुन्।[17]