नेपाली महाकाव्य सिद्धान्त / From Wikipedia, the free encyclopedia
कविता विधा नेपाली साहित्यको ज्यादै महत्त्वपूर्ण विधा हो। साहित्यको लयगत र साङ्गीतिक भेद नै कविता हो। छन्द वा लयलाई मूल आधार मानेर साहित्यको वर्गीकरण गर्दा समग्र साहित्य गद्य र पद्य गरी दुई भेदमा विभक्त हुन्छ। गद्यविधाको विपरीत छन्दको प्रयोग गरी रचना गरिने विधा नै पद्य हो र पद्य कविता विधाको पुरानो नाम पनि हो। त्यसैले लयात्मक प्रधानता भएको एकालापपूर्ण कथन पद्धतिमा सिर्जना हुने साहित्यिक विधा कविता हो। कविताको आयाम (लम्बाइ, चौडाइ र गहिराइ) को विस्तारका कारणले कविताभित्र पनि उपविधाको निर्माण हुन पुग्दछ। यस परिच्छेदमा आयामका आधारमा कविताका विविध रूपको परिचय दिई बृहत् आयाम महाकाव्यको सैद्धान्तिक चर्चा गरिएको छ। कविताको आयाम विस्तारका कारण यसका विविध रूपको निर्माण हुन पुग्दछ। जीवनका सूक्ष्मतमदेखि स्थूलसम्मका अभिव्यक्तिहरू कविताको आयामभित्र प्रवाहित भएका हुन्छन्। कविताको सबैभन्दा सानो रूपगत आयाम मुक्तक हो भने सबैभन्दा ठुलो आयाम महाकाव्य हो। कवितामा जीवन र जगत्को अनुभूति एक हरूफ, चार पाउदेखि लिएर एउटा सिङ्गो र बृहत् महाकाव्यसम्म विस्तारित हुन सक्छ[1]।
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्।(कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
स्रोतबिहिन तथा पुस्तकहरूबाट साभार गरिएको खण्डहरू।मेटाउनु पर्ने देखिन्छ।का लागि यस लेखलाई प्रतिलिपि सम्पादन आवश्यकता हुनसक्छ।